पुरा हुन सकेन बिजुली बाल्ने सपना

१६ कार्तिक २०६९, बिहीबार ०८:४३ मा प्रकाशित

बैतडी, १६ कात्तिक । बैतडीको उत्तर–पूर्वी भूमिराज गाविसस्थित बेउडीगाड लघु जलविद्युत् आयोजनाको परीक्षणलगत्तै कुलो भत्किएपछि स्थानीयवासीको बिजुली बाल्ने सपना अझै पुरा हुन सकेको छैन । ।
पच्चीस किलोवाट क्षमताको बेउडीगाड लघु जलविद्युत् आयोजनाको अघिल्लो साता परीक्षणलगत्तै कुलो भत्किएको हो । कुलो भत्किएपछि भूमिराज– १, २, ३, ४, ८ र ९ का करिब तीन सय घरपरिवारले बिजुली बाल्न पाएका छैनन् । गरिबी निवारण कोष र स्थानीय बासिन्दाको ७५ लाख रुपियाँको लागतमा निर्माण भएको सो आयोजनाको वायरिङ बाहेक सबै काम पूरा भए पनि कुलो भत्किँदा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।
‘परीक्षण सफल भएपछि खुसियाली मनाएका थियौँ’ स्थानीय चक्र खडायतले भने, ‘तर आयोजनाको कुलो १५ मिटरजति भत्किएपछि अझै समय लाग्ने भएको छ ।’ पाँच वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको सो लघु जलविद्युत् आयोजनाको १ कात्तिकमा परीक्षण गरिएको थियो ।
गरिबी निवारण कोषले ६० लाख खर्च गर्दा पनि पाँच वर्षसम्म बिजुली बल्न नसकेको भन्दै समाचार प्रकाशन तथा प्रसारण भएपछि सबै काम फटाफट सम्पन्न गरेर आयोजनाको परीक्षण भएको थियो । परीक्षणका क्रममा स्थानीय बासिन्दाले खुसियाली मनाउँदै गाउँमा रमाइलो गरेका थिए । तर, लगत्तै नहर भत्किएपछि आधादर्जन गाउँमा विद्युत् सेवा सुचारु हुन सकेको छैन । गाउँसम्म विद्युत् लाइन विस्तार भई घरघरमा वायरिङ गर्ने काममात्र बाँकी रहेका बेला नहर भत्किएर समस्या भएको आयोजनाका अध्यक्ष जगी साउद बताउँछन् । आफूहरूसँग नहर मर्मतका लागि रकम अभाव भएका कारण बत्ती बाल्न समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से