अन्तरराष्ट्रिय नेपाल तेक्वान्दो संघ ,अमेरिकाको महत्वपूर्ण निर्णय

१६ कार्तिक २०६९, बिहीबार ०८:३२ मा प्रकाशित

विजय थापा, भर्जिनिया ,अमेरिका । अमेरिकाको पोरर्टल्याण्डमा सम्पन्न ईन्टरनेश्नल नेपाल तेक्वान्दो युनियन इन्टुको तेस्रो अन्तर राष्ट्रियसम्मेलनले नेपालमा तेक्वान्दो खेलको विकासका लागि तीन वटा महत्वपूर्ण निर्णय गरेको छ । इन्टु विदेशमा रहेका नेपालका पूर्व तेक्वान्दोखेलाडीले सन् २००५ मा स्थापना गरेको सस्था हो ।इन्टुको सम्मेलनले आगामी ओलम्पिक र विश्व च्याम्पियनमा पदक जित्ने गरि तेक्वान्दो खेलाडी तयार पार्न प्रशिक्षणको विशेष योजना घोषणा गरेको छ ।यो घोषणा अनुसार नेपाल तेक्वान्दो संघ, राष्टिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटिकोसहकार्यमा चार जना खेलाडी छनोट गरि उनीहरुलाई दिर्धकालिनप्रशिक्षणमा राखिने छन् । यसरीप्रशिक्षणमारहेका खेलाडीलाई मासिक १५ देखि २० हजार सम्म मासिक भत्ता प्रदान गरिने छ । त्यसका लागि इन्टुले कोष नै स्थापना गर्ने छ । सो कोषमा सस्थाका सदस्यका साथै विदेशमा रहेका अन्य नेपालीबाट सहयोग सकलन गरिने छ ।

यस्तै विदेशमा रहेका नेपाली खेलाडीलाई अन्तर्राष्टिय प्रतियोगितामा देशका लागि खेल्न पाउने ब्यवस्था गर्न सरोकारवाला निकायलाई अनुरोध गर्ने निर्णय पनि सम्मेलनले गरेको छ । अन्तरराष्ट्रियनेपाल तेक्वान्दो संघ,(इन्टु)का महासचिव कुमार कार्कीले विदेशमा रहेका र क्षमता भएका खेलाडीले खेल्न अहिलेको अवस्थामा असम्भव जस्तै भएकाले त्यो ब्यवस्थाफेर्नुपर्ने बताउनु भयो । उहाले यसका लागि नेपाल ओलम्पिक कमिटि, तेक्वान्दो सघ, राष्टिय खेलकुद परिषद र सरकारसग अपिल गरिने बताउनु भयो ।

विदेशमा रहेका खेलाडी पनि क्षमतावान छन् । उनीहरुलाई नेपालमा हुने छनोट प्रतियोगतिामा भाग लिन दिनु पर्छ, त्यसो भएमा नेपाली खेलकै विकास हुन्छ । विदेशमा रहेर पनि क्षमत बोकेका तर ओझेलमा परेका खेलाडी धेरै छन् ।विभिन्न कारण विदेशमा रहन बाध्य खेलाडीलाई पनि समेट्न सक्नु पर्छ । महासचिव कार्कीले जोड दिनु भयो ।१९८० देखि १९९० को बीचमा नेपाली तेक्वान्दोले विश्व च्याम्पियन सहित ओलम्पिकको प्रदर्शनी खेलमा पदक जितेको थियो । त्योअबस्थामा अहिले तेक्वान्दोलाई पुराउनका लागि देश र विदेशमा रहेका जतिपनि खेल कर्मि छन l

सबैलेव्यक्तिगत स्वार्थ फालेर सामुहिक भावनामा एक ढिक्का हुन पनि आग्रह गनु भयो ।नेपाली तेक्वान्दोले आफ्नोसाथै इन्टुले अब देखि नेपाल खुल्ला(ओपन)तेक्वान्दो च्याम्पियनसिपको आयोजनागर्नेपनि निर्णय गरेकोछ । इन्टरनेश्नल नेपाल तेक्वान्दो यूनियनका अध्यक्ष लव गोर्खालीका अनुसार नेपाल खुल्लाको मिति केही समय भित्र तय गरिने छ ।इन्टुले समान उद्धेश्यकै लागि स्थापितअर्को सस्था एन्टा सग पनि सहकार्यका लागि पहल गर्ने निर्णय गरेको छ ।इन्टुका अध्यक्ष लव गोर्खालीले दुबै सस्थाकोउदेश्यनेपाली तेक्वान्दोको विकास गर्ने भएकाले सहकार्यका लागि कुराकानी भइरहेकोबताउनुभयो । एन्टामा नारायण गुरुङ,विधान लामा लगायतका ब्यक्ति रहेका छन् ।

सम्मेलनमा बोल्दै नेपाली तेक्वान्दोका संस्थापक ग्रानमास्टर जेई के सिनले पछिल्ला समयमा नेपाली तेक्वान्दो विभिन्न समूहमा विभाजन भएको भन्दै दुःख व्यक्त गरे ।उनले सन् १९८२ मा जस्तो जोस अहिले नेपाली तेक्वान्दोमा नदेखिएको भन्दै सबै पक्षलाई तेक्वान्दो विकासका लागि हातेमालो गर्नसमेत आग्रह गरे । सम्मेलनमा विभिन्न देशमा रहेर नेपाली तेक्वान्दोको विकासमा सहयोग पुर्याउने १० जनालाई सम्मान गर्नुका साथै नेपाली तेक्वान्दोका संस्थापक जेई कुन सिनलाई फादर अफ नेपाली तेक्वान्दो उपाधिद्वारा सम्मान गरिएको थियो ।तेक्वान्दो खेललाई अझ प्रोत्साहित होस् भन्ने हेतुले नेपालकि महिला खेलाडी मनिका साहीलाई यस कार्यक्रमका खेलकूद निर्देशक दिवाकर दान महर्जन तथा समाज सेवी सचिन थापा द्वारा $ १,५००.०० (पन्ध्र सय डलर )नगद प्रदान गरेका थिए l उक्त खेलमा राष्ट्रिय ओलम्पिक कमिटि नेपालका अधक्ष्य ध्रुव बहादुर प्रधान पनि नेपालबाट पाल्नु भएको थियो l

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार