एयरबसको टुंगो नलागे नयाँ जहाज असम्भव, तोकिएको समयमा जहाज खरिद प्रक्रिया पूरा नगरे कारबाही गर्ने : प्रधानमन्त्री

१६ कार्तिक २०६९, बिहीबार ०८:३५ मा प्रकाशित

काठमाडौं, १६  कात्तिक । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका लागि एकैपल्ट आठवटा जहाज किन्ने सरकारको निर्णयलाई कार्यान्वयन गर्ने जिम्मेवार निकायका अधिकारीहरूले यसलाई ‘असम्भव’ भन्दै पन्छिएका टन् । सरकारले दसैंअघि निगमका लागि अन्तर्राष्ट्रिय उडान गर्न दुई र आन्तरिक उडान गर्न कम्तिमा ६ वटा जहाज खरिद गर्ने निर्णय गरेको थियो । खरिद प्रक्रिया एक महिनाभित्र सुनिश्चित नगर्ने पदाधिकारीलाई जिम्मेवारीबाट हटाउने निर्णय पनि सरकारले गरेको थियो।
सरकारले दसैंअघि जारी गरेको ‘शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना २०६’ मा निगमलाई ६ महिनाभित्र ८ जहाज खरिद गर्ने उल्लेख छ । जहाज खरिदको मुख्य जिम्मेवार निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हो भने सहयोगी निकाय अर्थ मन्त्रालय रहेको उल्लेख छ।
‘युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग विगतमा भएको ‘समझदारी’ किनारा नलगाएसम्म निगमले नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाउनै सक्दैन,’ पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले  भने, ‘जबसम्म एयरबसको कुरो टुंगो लाग्दैन तबसम्म नयाँ प्रक्रियाबाट आठवटा होइन, एउटा पनि किन्न सकिँदैन।’
यसैबीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल वायु सेवा निगमका लागि जहाज खरिद प्रक्रिया रोकिएको प्रति चासो व्यक्त गर्दै प्रक्रिया पूरा गर्न कति समय लाग्ने हो जानकारी गराउन तथा एक महिनामा सम्भव भए नभए खबर गर्न निर्देशन दिएका छन् । भट्टराईले जहाज खरिद गर्न अख्तियार प्राप्त व्यक्तिले तोकिएको समयमा प्रक्रिया पूरा नगरे जिम्मेवारीबाट मुक्त गर्ने तथा कारवाही गर्ने पनि चेतावनी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार