कञ्चनपुरमा दुर्लभ अजिंगर भेटियो

१६ कार्तिक २०६९, बिहीबार ०८:०८ मा प्रकाशित

काठमाडौं, १६ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका ५ बनगाँउमा दुर्लभ वन्यजन्तु अजिङ्गर फेला परेको राससले जनाएको छ। स्थानीय भुजेला पुलनजिकै तीनतारा क्षेत्रमा फेला परेको अजिङ्गरको बच्चालाई इलाका प्रहरी कार्यालय र स्थानीयवासीले उद्धार गरेका समाचारमा जनाइएको छ ।
स्थानीयले छ फिट लामो अजिङ्गर देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय गड्डाचौकीले स्थानीयवासीको सहयोगमा अजिङ्गरको उद्वार गरी जिल्ला वन कार्यालयलाई बुझाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक नेत्रप्रसाद भट्टलाई उद्धृत गर्दै राससले जनाएको छ । उद्धार गरिएको अजिङ्गर शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयको जिम्मा लगाइएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको

बैतडी । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेशका नाकाहरुमा कडाई गरेको छ । भारतले

काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बिहिबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ।

आजको प्रमुख समाचार