यातायात ब्यावसायी समितिमा चुनावी चहलपहल

१६ कार्तिक २०६९, बिहीबार ०८:०३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १६ कात्तिक । पश्चिमाञ्चल यातयात ब्यवसायी समिति बुटवलको नयाँ नेतृत्वका लागि चुनावी चलहपहल बढेको छ । यस क्षेत्रका ढुवानी ब्यावसायीहरुको ठुलो समिति २ बर्षे कार्यकालको नयाँ नेतृत्व चयनका लागि व्यवसायीले आ–आफ्नै प्रकारले चुनावी तयारी गरेका छन् । मुख्य रुपमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव पदका लागि आन्तरिक रुपमा निवर्तमान पदाधिकारी नै मुख्य रुपमा आगडि देखिएका छन् । समितिको यही कात्तीक १७ र १८ गते अधिवेसन हुँदैछ ।
सहमतीबाट नयाँ कार्य समिती निर्माण गर्ने उद्देश्यले पुर्वअध्यक्ष अर्जुन रानाभाट संयोजक रहको ९ सदस्यीय समति गठन भइसकेको छ । यद्यपी उक्त समितीको निर्यण आउनु अगाडि नै पदाधिकारीका आकांक्षी व्यावसायीहरु समुह–समुहमा गोप्य बैठक, चुनाबी भेला तथा लबिङमा जुटेका छन् । कार्यालयमा पनि ब्याबसायीहरुले निर्वाचन विषयमा चासो राख्दै आउने–जाने क्रम निकै बढेको छ ।
हाल अध्यक्षमा ४ जनाको नाम चर्चामा छ । निवर्तमान महासचिब गणेस प्रसाद पन्त, निवर्तमान अध्यक्ष गुप्तबहादुर के.सी, वर्तमान अध्यक्ष लोकराज पोखरेल र निवर्तमान सल्लाहकार हरिबहादुर कुवरको नाम अगाडि आएको छ ।
यस्तै महासचिवमा वर्तमान सचिव प्रतावबहादुर कार्की र पुर्वकोषाध्यक्ष टिकाराम गौतम र बरिष्ठ उपाध्यक्षमा प्रकास श्रेष्ठ र यमप्रसाद पाण्डेले तयारी गरेका छन । २ हजार ट्रक तथा १ हजार मतदाता रहको समिती चितवनको नारायणी यातायात समितीपछि देसकै ठुलो समिती मानिन्छ भने बुटवलमा प्रधान कार्यलय रहेपनि केन्द्रीय रुपमा प्रभाव पार्ने गर्दछ । समिती निर्बाचनमा पश्चिम नेपाल बस ब्यासबायी जस्तै राजनितीक रुपमा प्रभावित नहुने भएपनि ब्याबसायीक रुपमा आ–आफ्ना समुहमा नेतृत्व हात पार्ने रणनितीमा छन् । अध्यक्ष पदको चर्चामा रहको गणेशप्रसाद पन्तले सहमति लागी समिती निमाण गरेपनि प्रजातान्त्रीक बिधीअनुसार निर्वाचनमा जान सकिने बताए । उनले अर्जुन रानाभाटा संयोजक रहको समितको सबैको भाबना समेट्न सक्ने ब्यति चयन गर्न सके राम्रो हुने अन्यथा निबार्चन जानुको बिकल्प नरहेको बताए । बर्तमान अध्यक्ष एबं पुन अध्यक्षको नाम चर्चामा रहको लोकराज पोखरेलले ब्याबसायी साथिहरुको आग्रहमा उम्मेदारी दिने मनसाय बनाएपनि सर्बसमतिको पहल भईरहकोले अन्य तयारीमा आफु नलागेको वताए । उनले सहमतीको लगी बनाएको समिती निर्णय सबैलाई मान्य हुने आए निर्वाचनमा जान उपयुक्त नहुने भन्दै पुरै तयारी आफुले नगरेको बताए ।
राजनितीक रुपमा टिम बनाउने प्रचलन पनि अत्यन्तै कम छ । यद्यपी सबैका पार्टीका ढुवानी व्याबसायीलाई समेटेर समितीको उदेस्य प्राप्त गर्न बिीभन्न गट, उपगुट वन्ने जानकारहरुको अनुभब छ । हाल अध्यक्षको चर्चामा रहकोका ४ जना मध्ये अन्ततः राटनाभाट समितीले सर्बसहमत गराउन सकेन भने २ प्यानल वन्ने सम्भावना छ । जसमा एउटा प्यानलको नेतृव्त गणेशप्रसाद पन्त, अर्को प्यानलबाट हरीबहादर कुबर तथा लोकराज पोखरेलबाट १ जना आउने छन् । पन्त पक्षले सर्वपक्षका लागी गठित समितीको अन्तिम निर्णय कुरेको बताए पनि अन्य पदाधिकारीहरुको चयनपनि चर्चामा आएका व्यक्ति मध्येबाट गरिसेकिएको छ । यता अर्को प्याननको अध्यक्षमा अझै निस्चीत नभएकोले अन्य पदाधिकारीहरुको टुगो नलगाएको बताएको छ । यातायात सचिव तुल्सी प्रसाद सिटौला १७ गते साधारणसभा उदघाटन गर्नुअघि नै महेन्द्र पाण्डे निर्बाचन संयोजक रहेको समितीले निर्वाचनको प्रक्रियामा जानेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले