निर्वाचनमै जानु बेस : गच्छदार

१६ कार्तिक २०६९, बिहीबार ०८:१२ मा प्रकाशित

काठमाडौं, १६ कात्तिक । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले ताजा जनादेशमा जानु नै राजनीतिक निकासको उपयुक्त विकल्प हुने बताएका छन् । ’मोर्चा नयाँ निर्वाचनको पक्षमा अडिग छ, सत्तारूढ मधेसी मोर्चाका अध्यक्षसमेत रहेका गच्छदारले भने, ‘पुनःस्थापनाको कुनै औचित्य छैन त्यसैले  अहिले बिस्तारै सबैले निर्वाचनतिर जोड दिन थालेका छन् ।’
‘संविधानसभाको समय सकिएदेखि नै मैले प्रचण्डजीलाई ताजा जनादेशमा जानुको विकल्प छैन भन्दै आएको थिएँ, उनले थपे, ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राखेको पुनःस्थापनाको पक्षमा हामी छैनौं ।’ नयाँ संविधानसभाले पनि संविधान जारी गर्छ भन्ने के ग्यारेन्टी भन्ने कुरा पनि उठेको उल्लेख गर्दै उनले भने, ‘एकपल्ट एसएलसी फेल भयो भने के पढाइ नै छाडिदिने रु कहीं नभएको कुरा हामीकहाँ हुन्छ । नयाँ संविधानसभाले संविधान जारी गर्छ ।’ एकपटकलाई सरकारको सिफारिसमा राष्ट्रपतिमार्फत बाधा अड्काउ फुकाएर चुनावमा जान सकिन्छ, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन