कांग्रेस नयाँ चुनावमै जाने, देउवा र पौडेलले जनाए असहमति

१५ कार्तिक २०६९, बुधबार १८:५० मा प्रकाशित

काठमाडौं, १५  कात्तिक । नेपाली काँग्रेसले राजनीतिक गतिरोध अन्त्यका लागि नयाँ चुनावमा जाने निर्णय गरेको छ ।
बैठकले गरेको निर्णयको बारेमा जानकारी गराउँदै प्रवक्ता दिलेन्द्रप्रसाद बडुले ताजा जनादेशमा जाने निर्णय गरेको बताए । नयाँ निर्वाचनमा नै जाने बैठकमा आमसहमति भयो बैठकपछि बडुले भने ।
बैठकले नयाँ निर्वाचनको प्रक्रिया सुरु गर्नुअघि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने र त्यसैले बजेटलगायत निर्वाचनका तयारी गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपा, ललितपुरमा बुधबार बसेको केन्द्रीय समिति बैठकले वर्तमान राजनीतिक गतिरोध अन्त्यको एक मात्र उपाय नयाँ चुनाव भएकाले बैशाख भित्र संविधानसभा तथा व्यवस्थापिका संसदको चुनाव गर्ने गरी पुनर्स्थापनाको बाटो बन्द गरेको हो ।
पार्टी सो निर्णयमा उपसभापति रामचन्द्र पौडेल, नेता शेरबहादुर देउवा, केन्द्रीय सदस्यहरु रामशरण महत, प्रकासशरण महतले भने असहमति राखेका छन् । उनीहरुले संविधानसभा पुनःस्थापनाको विकल्प पनि खुल्ला राख्नुपर्ने भनाइ राखेको प्रवक्ता बडुले जानकारी दिए ।
संविधानसभा पुनर्स्थापना गरेर संविधान जारी गर्दा धेरै अवरोध हुने भएकाले चुनावमा जाने आम सहमति भएको काँग्रेस प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिए।

वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा भने सबै सदस्यको एकमत रहेको बडुको भनाई थियो । वर्तमान सरकार हटेर राष्ट्रिय सहमतीको सरकार गठन गरेपछि मात्र त्यही सरकारले चुनावको मिति घोषणा गर्नु पर्ने र पूर्ण बजेट ल्याउन पाउने भएकाले अन्य दलसँग छलफल गर्ने निर्णय गरेको बडुले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी