आयोगको प्रतिवेदनमाथि छलफल गर्न आइतवार संविधानसभा बैठक बस्ने

८ चैत्र २०६८, बुधबार १७:५० मा प्रकाशित

काठमाडौ, ८ चैत । राज्यपुर्नसंरचना आयोगको प्रतिवेदनमाथी छलफल गर्न संविधानसभाको बैठक यही १२ गते आइतवार संविधानसभाको बैठक बस्ने भएको छ । संविधानसभा सचिवालयले आज एक सुचना प्रकाशित गरी १२ गते दिउँसो ३ बजेका लागि संविधानसभाको बैठक आह्वान गरिएको जनाएको छ । बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आयोगको प्रतिवेदनवारे जानकारी गराउने र सोमबारदेखि प्रतिवेदनमाथी छलफल सुरु हुनेछ ।
त्यसअघि संविधानसभा अध्यक्ष नेम्वाङले शुक्रवार संविधानसभाको राज्यपुर्नसंरचना समितिका सदस्यहरुसँग परामर्श गर्ने कार्यक्रम रहेको छ । आयोगले प्रतिवेदन बुझाएको झण्डै दुइ महिनापछि संविधानसभामा छलफल हुन लागेको हो । संविधानसभा नियमावलीमा सहमति जुटन नसक्दा आयोगको प्रतिवेदनमाथी छलफलमा ढिलाइ भएको थियो । आयोगको प्रतिवेदन प्रधानमन्त्री वाबुराम भट्टराइले माघ १९ गते संविधानसभाका अध्यक्षलाई हस्तान्त्ररण गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।