‘अयोग्य’हरुको छुट्टै माग

१५ कार्तिक २०६९, बुधबार १७:१६ मा प्रकाशित

काठमाडौं, १५ कात्तिक । ‘लुटको धन फुपुको श्राद्ध’ भन्ने नेपाली उखान यतिबेला एमाओवादीका पूर्वलडाकूहरुले चरितार्थ पार्न थालेका छन् । माओवादीका अयोग्य लडाकुहरुको संगठन ‘वहिर्गमित जनमुक्ति सेना नेपाल’ले सरकारद्वारा उपलब्ध गराउने भनिएको दुई लाख रुपियाँ रकम अप्रयाप्त रहेको भनी विरोध जनाउँदै ६-६ लाख पाउनुपर्ने माग गरेपछि यस्तो अनुभूति गरिएको हो ।
वहिर्गमित लडाकुका संयोजक सागर लिम्वुले एक विज्ञप्ति जारी गर्दै सरकारले उपलब्ध गराउने भनेको आर्थिक सहायता रकमको विरोध गरेका छन् । उनले वार्ता, सम्बाद, सहमति र आर्थिक राहत कार्यक्रमको घोषणा सबैमा नेपाल सरकारको गम्भीर षड्यन्त्र रहेको देखिन्छ भन्दै ‘सरकारले अनैतिक र बेइमानीपूर्ण तरिकाले घोषणा गरिएको आर्थिक राहत कार्यक्रम अस्वीकार गर्ने जनाएका छन् । अयोग्य लडाकुहरुले न्यूनतम ६ लाख रुपियाँ रकम आर्थिक सहायता, अयोग्यको विल्ला हटाउनु पर्नेलगायतका पाँच बुँदे माग पुरा नभए सम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । गजेन्द्र हमालको मन्त्री नियुक्तिबाट सुरु भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा र महाअभियोग चर्चाले न्यायालय तातेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू,

काठमाडौं । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल ल्याइएको छ । सरकारले कोभ्याक्स कष्ट सेयरिङ

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले