सहमतिका लागि तयार नभए प्रधानमन्त्रीलाई पुर्व राजाकै हालत बनाउँछौं : पोखरेल

१५ कार्तिक २०६९, बुधबार १६:४३ मा प्रकाशित

भक्तपुर, १५ कात्तिक । नेकपा एमालेका सचिव शंकर पोखरेलले सहमतिका लागि पदबाट राजीनामा दिएर मार्ग नखोले प्रधानमन्त्री डा. बाबुराम भट्टराई पुर्व राजा ज्ञानेन्द्र शाहको जस्तै हालत बनाइदिने चेतावनी दिएका छन् । भक्तपुरमा बुधबार दिउँसो गरेको कार्यक्रममा बोल्दै सचिव पोखरेलले तिहारसम्म पनि विद्यमान राजनीतिक अन्यौलको निकास ननिस्किए सडक आन्दोलनबाट भट्टराई सरकारलाई सत्ता च्यूत गर्ने जिकीर गरे ।
कार्यक्रममा उनले प्रधानमन्त्री भट्टराई भारतको इशारामा नयाँ जंगबहादुर बन्न खोजेको आरोप समेत लगाए । पोखरेलले भने, ‘भट्टराइजी भारतको आडमा नयाँ जंगबहादुरको रुपमा उदाउन खोजिरहनु भएको छ ।’ वर्तमान समस्याको मुख्य कारण एमाओवादीको अतिवादी सोच र निरंकुशतावादी शैली भएको उनको दावी थियो ।
वर्तमान सरकारको नेत्तृवमा कुनै पनि हालतमा चुनाव हुन नसक्ने तर्क गर्दै उनले थपे, ‘एमाओवादीमा चुनावमा कुनै रुची छैन, उसले चुनावको कुरा गर्नु अन्य दलहरुलाई अलमल्याउनु मात्र हो ।’ एमाओवादीले राष्ट्रलाई अल्मल्याउन र अन्तरिम संविधानलाई निष्क्रिय बनाउन नयाँ नयाँ प्रस्ताव अघि सार्ने गरेको पोखरेलको आरोप थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१