काम नगर्ने कर्मचारीलाई कारबाही गर्छु : प्रम भट्टराई

१५ कार्तिक २०६९, बुधबार १६:०३ मा प्रकाशित

काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तोकिएको नीति अनुसार परिणामुखी काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित कार्यक्रममा बुधबार बोल्दै प्रधानमन्त्री भट्टराईले राष्ट्र सेवक कर्मचारीहरुले काम भन्दा कुरा धेरै गरेकाले सरकारले काम गर्ने कर्मचारीलाई कारबाही गर्ने नीति अघि सारेको बताए । उनले भने, ‘कर्मचारीहरुबाट लक्ष्य अनुसारको परिणाम मुखी काम हुन सकेन ।’
आर्थिक अभाव देखाएर सजिलै र कम खर्चमा गर्न सकिने काम पनि नगर्ने प्रवृत्ति बढ्दै गएको भन्दै प्रधानमन्त्री भट्टराईले आर्थिक अभाव देखाएर काममा अवरोध नगर्न कर्मचारीहरुलाई निर्देशन समेत दिए । केही दिनमै पूर्ण बजेट ल्याउने तयारीमा सरकार रहेको र बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिदै उनले भने, ‘सरकार लक्ष्य अनुसार प्रतिवद्ध भएर अघि बढ्छ, त्यसमा कर्मचारीहरुले साथ दिनु पर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ