सहमति नभए पनि सरकारले पूर्ण बजेट ल्याउने एमाओवादी प्रवक्ताको दाबी

१५ कार्तिक २०६९, बुधबार १५:२३ मा प्रकाशित

काठमाडौ, १५ कात्तिक । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले दलहरुवीच सहमति नभए पनि सरकारले पूर्ण बजेट तयार पारेर राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरिरहेको खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने– विहीबार बस्ने शिर्ष बैठकमा दलहरुले अडान लिएर बजेटको विषयमा सहमति नगर्ने हो भने सरकारले पूर्ण बजेट बनाएर राष्ट्रपति कहाँ पठाई दिन्छ । राष्ट्रपतिले के गर्छन हेरौला ।
उनले थपे–सरकारको निर्णय राष्ट्रपतिले मान्नै पर्छ । नयाँ प्रधानमन्त्री नियूक्त गर्ने कुनै निकाय नभएको अवस्थामा प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार नै निरन्तर चल्छ । राष्ट्रपतिले प्रधानमन्त्री हटाए त्यो मुलुककालागी अनिष्ट र दुर्भाग्यपूर्ण हुन्छ । त्यस्तो अवस्थामा हामि जनताको मैदानबाटै सबै कुराको फैसला गर्छौ । उनले माओवादी सहमतिकोलागी अत्यन्तै लचिलो भएको भन्दै अब माओवादी कठोर भएर प्रस्तुत हुने तर आत्मसमर्पण नगर्ने चेतावनी दिए ।
प्रतिपक्षी दलहरु राष्ट्रपतिलाई उकासेर सत्ता हात पारी अहिलेसम्मका परिवर्तनलाई ध्यवस्त बनाउने योजनमा रहेको आरोप लगाउँदै काग्रेसले मुलुकलाई अनिश्चयको बन्दी बनाएको दावी गरे । सापकोटाले भने– काग्रेसले पोजिसन क्लियर नगर्दा मुलुकमा गतिरोध कायम रहेको हो । निकासको कुनै प्रस्ताव पनि ल्याउन सकेको छैन । पार्टीबाट यो प्रधानमन्त्री भनेर पनि भन्न सकेको छैन ।
उनले एमाले बरिष्ठ नेता माधवकुमार नेपालले राखेको सात बुँदे प्रस्ताव सकारात्मक भएको भन्दै त्यो निकासको दिशामा उन्मुख भएको बताए ।
अयोग्य लडाकुहरुलाई दुई दुई लाख रुपैया दिने विषयमा पहिला नै सहमति भएको दावी गर्दै उनले दिएको पैसा कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारे । उनले भने–गणतन्त्र ल्याउन लडाकुहरुको अहम भूमिका छ । उनीहरुलाई दुई लाख दिदा के को विरोध ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले