मृत संविधानसभाबाट संविधान जारी हुन सक्दैन : नेका प्रवक्ता बडु

१५ कार्तिक २०६९, बुधबार १५:१९ मा प्रकाशित

काठमाडौं, १५ कात्तिक । संविधानसभाको पुनःस्थापना अलोकतान्त्रिक हुने भन्दै नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले काग्रेस निर्वाचनमै जाने स्पष्ट पारेका छन् । बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले ‘मृत संविधानसभाबाट संविधान जारी गर्ने कुरा सोच्न पनि सकिदैन, त्यसैले पुनःस्थापनामा जाने च्याप्टर क्लोज भईसक्यो, आफैले विघठन गरेको र आफै घोषणा गरेको निर्वाचन गराउन नसक्ने सरकारले पुनस्थापना पनि गर्न सक्दैन निर्वाचन पनि गर्न सक्दैन’ भने ।
सहमतिको सरकार बनाएर २०७० सालको बैशाख भित्रमा निर्वाचन गर्ने गरी गरी मन्त्रीपरिषदले विशेष निर्णय गरेर निर्वाचनमा जानुपर्ने धारणा बडुले प्रस्तुत गरे । २ सय ४० निर्वाचन क्षेत्रलाई कायम राखेर एक वर्ष संविधानसभाको काम गर्ने र ४ वर्ष संसदको रुपमा रहने गरी निर्वाचन गर्नुपर्ने उनको प्रस्ताव थियो ।
दलहरुको सहमतिविना सरकारले केही पनि गर्न नसक्ने भन्दै विनासहमति आउने बजेटमा कांग्रेसको समर्थन नरहने स्पष्ट पारे । अयोग्य लडाकुलाई दिएको रकम राज्यकोषमाथिको ब्रम्हलुट भएको भन्दै बडुले अयोग्य लडाकुलाई माओवादी पार्टीले नै रकम दिनु पर्ने तर्क गरे । नेकपा एमालेका नेता भीम रावलले माओवादीले संविधान जारी गर्न नभई सत्ता लम्ब्याउन संविधानसभा पुनःस्थापनाको नाटक गरेको दावी गर्दै प्रधानमन्त्रीले तुरुन्तै सहमतिको सरकारकोलागी पद नछाडे आन्दोलनबाट जनताले फाल्ने चेतावनी दिए । सरकारबाट हटाउन निकाय नै ध्वस्त गरेर माओवादीले सत्ता कब्जा नै गरिसकेको दावी उनको थियो ।
सहमतिको सरकारले मात्रै बजेट ल्याउन सक्ने भन्दै उनले त्यसैकोलागी पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सातबुँदे प्रस्ताव ल्याएको बताए । सहमति कायम गरेर बजेट ल्याउन नसक्नु प्रधानमन्त्रीको गैरजिम्मेवारी पन हुने भन्दै त्यसलाई लिएर विपक्षीहरुमाथि आक्रोस पोख्नु लाचारी पन भएको बताए । आयोग्य लडाकुलाई पैसा दिने विषयमा सेना समायोजन विशेष समितिबाट कुनै निर्णय नभएको भन्दै माओवादीले जनतको करमाथि ब्रम्हलुट गरेको आरोप लगाए । उनले राजनीतिक परिवर्तनकोलागी लडेको भन्दै त्यसवापतको पैसा लिनु लज्जास्पद भएको बताए ।
सोही कार्यक्रममा राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बजेट आर्थिकसहित राजनीतिक दस्तावेज समेत भएकोले त्यसमा राजनीतिक सहमति हुनु अनिवार्य भएको भन्दै सहमति नभए पनि राष्ट्रपति समक्ष पठाउने भन्ने कुरा गैरजिम्मेवार पुर्ण काम हुने दावी गरे । उनले सत्ताबाट हटाउन सक्ने संविधानसभा विघठन गराएर माओवादीले सत्ताकब्जा नै गरेको दावी गर्दै राष्ट्रपतिले संविधानको संरक्षकको हिसावमा कदम चाल्ने विश्वास ब्यक्त गरे । उनले भने– ‘राष्ट्रपतिले मसँगको भेटमा म संविधानको संरक्षक र अविभावक हु त्यसमा रहेर जे भुमिका निर्वाह गर्नु पर्ने हो गर्छु भनेर भन्नु भएको छ । मलाई विश्वास छ राष्ट्रपतिले उचित कदम चाल्नुहुन्छ ।’
माओवादीले भनेजस्तो अग्रगामी र यथास्थितिबादीको नभई एकदलीय तानाशाही र बहुलबादीवीचको द्धन्द्ध भएको भन्दै दलका नेताहरुले भने जस्तो संविधानका कुनै पनि विषयमा सहमति भईनसकेको खुलासा गरे । उनले भने– संविधानका ९० प्रतिसत विवादित विषयमा सहमति भईसक्यो भन्ने कुरा हावा हो प्रस्तावनामा त सहमती हुन सकेको छैन । संविधानमा केही पनि मिलेकै छैन ।
लोहनीले विशेष समितिमा निर्णय नै नगरी अयोग्य लडाकुलाई रकम दिनु राज्यकोषमा माथिको लुट भएको टिप्पणी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार