पूर्ण बजेटका लागि उद्योगी व्यवासायीहरुले दबाब दिने

१५ कार्तिक २०६९, बुधबार १३:०१ मा प्रकाशित

काठमाडौं, १५ कात्तिक । पुर्ण बजेट ल्याउन माग गर्दै उद्योगी व्यवासायीहरुले दबाब मूलक कार्यक्रम गर्ने भएका छन् । उनीहरुले बजेट अभावका कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै पुर्ण बजेटका लागि बुधबारदेखिनै दबाब मूलक कार्यक्रम सुरु गर्ने भएका हुन् ।
सरकार र विपक्षी दलले बजेटलाई राजनीतिक हतियार बनाएको निष्कर्ष निकाल्दै उनीहरुले दबाब मुलक कार्यक्रम अन्तर्गत पहिलो चरणमा विभिन्न क्षेत्रका व्यक्तिहरुसंग अन्तक्रिया गर्ने कार्यक्रम तय गरेका छन् ।
बजेट नआउँदा उद्योगी व्यवसायीलाई मात्रै नभई सबै क्षेत्रमा नकारात्मक असर परेको जानकारी गराउँदै उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णीकारले भने, ‘समयमै बजेट ल्याउने वातावरण निर्माणका लागि बजेटलाई सामुहिक दस्तावेजका रुपमा विकाश गर्न दबाब दिन लागिएको हो ।’
बैंकिङ, व्यापारलगायत क्षेत्रका व्यक्तिहरुसंगको छलफलपछि महासंघले थप दबाब मूलक कायक्रम गर्ने राजकर्णीकारको भनाई थियो । यता, अर्थ मन्त्रालयले पनि बजेट ल्याउने वातावरण बनाउन प्रधानमन्त्रीसहित सरोकारवालाहरुहसंग छलफलको तयारी गरेको छ । सरकारले यसअघि ल्याएको एक तृतीयांश बजेट यही कातिर्क मसान्तमा सकिँदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको

काठमाडौं । भारतको जयनगर–धनुषाको कुर्था खण्डमा यात्रुवाहक रेलसेवा सुरु गर्ने विषयमा नेपाल र भारतीय पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा ३ दशमलव ९ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुने विश्व बैंकले प्रक्षेपण

रसुवा । कोरोना महामारी सुुरु भएपछि खुम्चिएको नेपाल-चीन व्यापार अझै सहज हुन सकेको छैन । कोटा प्रणालीमा सन्चालित आयात निर्यातलाई सहज