विदेशी मुद्रा तस्करीमा संलग्न एसएसपी रविराज निलम्वनमा

१५ कार्तिक २०६९, बुधबार १२:४५ मा प्रकाशित

काठमाडौं, १५ कात्तिक । विदेशी मुद्रा तस्करीमा संलग्न एसएसपी रविराज श्रेष्ठ निलम्बनमा परेका छन् । विभिन्न देशका विदेशी मुद्रा तस्करीमा श्रेष्ठको मिलेमतो देखिएको प्रतिवेदन पाएपछि उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । गत असोज १९ गते फ्लाई दुबईको उडानका यात्रु विनोदकुमार सोनीको साथबाट बरामद १ करोड २४ लाख बराबरको विदेशी मुद्रामा श्रेष्ठकै प्रत्यक्ष संलग्नतामा लैजान लागिएको सोबारे छानबिन गर्न गठित समितिले ठहर गरेको थियो । निलम्बनका लागि महानिरीक्षक कुवेरसिंह रानाले सिफारिस गरेका हुन् । श्रेष्ठको निर्देशनमा विदेशी मुद्रा तस्करी हुने गरेको र काममा खटिने प्रहरी कर्मचारीले त्योबापत केही रकमसमेत पाउने गरेको समितिको अनुसन्धानले देखाएको थियो ।
छानबिन समितिले अनुसन्धानका क्रममा विमानस्थलमा चार वर्षदेखि कार्यरत असई हिराकाजी कुमालको पनि संलग्नता पाएको छ । कुमालको हुन्डी तस्कर विमल पोदार भन्ने व्यक्तिसँग सम्पर्क भएको फेला परेपछि कुमाललाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा एसएसपी श्रेष्ठमार्फत नै विदेशी मुद्रा तस्कर गराउने गरेको खुल्नआएको थियो । महाबौद्धमा व्यापार गर्दै आएका पोदार विमानस्थल काण्डपछि उनी नेपाल छाडेर भागिसकेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार कुमालले बयानमा एसएसपी श्रेष्ठकै लागि काम गरेको र त्योबापत पैसा पनि पाउने गरेको उल्लेख गरिदिएका छन् ।
उनले एसएसपीका चालक शोभित कार्की पनि तस्करीमा संलग्न रहेको खुलासा गरेको बताइएको छ । कुमाललाई प्रहरी मुख्यालयको एक नम्बर गणमा थुनेर राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार