पूर्ण बजेट ल्याउने सत्ता गठबन्धन मोर्चाको निर्णय

१५ कार्तिक २०६९, बुधबार १२:४७ मा प्रकाशित

काठमाडौ, १५ कात्तिक । सत्तारुढ दलहरुको संयुक्त मोर्चा संघीय लोकतान्त्रिक गणतान्त्रीक गठबन्धनमा आवद्ध दलहरूहरुको बैठकले आगामी कात्तिक मसान्तभित्र पूर्णबजेट ल्याउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान बसेको गठबन्धनको बैठकले बजेट अभावका कारण सरकारी कामकाज ठप्प हुने अवस्था सृजना भएकाले कुनै पनि हालतमा पूर्ण बजेट जारी गर्ने निष्कर्ष निकालेको हो ।
पुर्ण बजेट ल्याउने विषयमा विपक्षि दलहरुले असहमति जनाउने भएकाले उनीहरुसंग वार्ता गरी सहमतिको वातावरण सृजना गरी पूर्ण बजेट ल्याउने विषयमा सहमति जुटाउने जिम्मा बैठकले गठबन्धनका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।
बैठकले राजनीतिक संकट समाधानका लागि भने बैठकले साझा धारणा बनाउन नसकेको सिंहले बताए । उनले भने, ‘सबै विकल्पलाई खुला राखेर छलफल गर्ने र १७ गते बैठक बसेर संविधानसभा चुनाव वा पुनःस्थापनाका विषयमा ठोस निर्णय गर्ने छ ।’ बैठकमा नयाँ सरकार गठन र विवादित विषयलाई प्याकेजबाटै समाधान खोज्नुपर्नेमा नेताहरुबीच एकमत देखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको