मातृका माओवादीका नेताको छोरा अपहरण आरोपमा पक्राउ

१५ कार्तिक २०६९, बुधबार १२:२६ मा प्रकाशित

गोलबजार (सिरहा), १५ कात्तिक । प्रहरीको सर्वाधिक खोजीमा रहेका नेकपा (माओवादी) मातृका समूहका सिरहा क्षेत्र नं ५ का इन्चार्ज गणपैत यादवका छोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा अयोध्यानगर ९ का मनोज रहेको राससले जनाएको छ । इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले विशेष सुराकीका आधारमा मनोजलाई आफ्नै घरबाट आज बिहान ८ बजे पक्राउ गरेको हो।
सिरहाका प्रहरी प्रमुख विक्रम गुरुङका अनुसार मनोजलाई विसं २०६८ भदौ ३ गते तेनुवापट्टिका विद्यार्थी सन्दीप यादवलाई अपहरण गरेको आरोप छ। गुरुङले भने, ‘सन्दीपलाई मात्र होइन, करिब १२ व्यक्तिलाई मनोजले अपहरण गरेकाले उनको खोजी भइरहेको थियो।’ अपहृत सन्दीपका परिवारजनसँग मनोज र सिरहा लटाटोल घर भई भारतमा बसेर आपराधिक कार्यमा संलग्न रामकुमार मिलेर रु साढे चारलाख फिरौतीसमेत असुलेको प्रहरीको दाबी छ।
घरबाट लहान आउने क्रममा सन्दीपको अपहरण भएको थियो। अपहरणको घटना १४ महिना बितिसके पनि सन्दीपको अतोपत्तो छैन। प्रहरीले अहिले पनि खोजी जारी राखेको छ। फिरौती लिएर पनि अपहृत सन्दीप अपहरणमुक्त नभएपछि हत्या भएको प्रहरीको शङ्का छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार