वन फडानी रोक्न संसदीय समितिको निर्देशन

८ चैत्र २०६८, बुधबार १७:४६ मा प्रकाशित

काठमाडौ, ८ चैत । व्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिले देशभर भइरहेको वन फडानी र आगलागी नियन्त्रणबारे विशेष अभियान संचालन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले राष्ट्रपति चुरे कार्यक्रमको प्रगति र समस्यावारे पनि वन मन्त्रालयसँग विवरण माग गरेको छ । संसद सचिवालय सिंहदरवारमा आज बसेको समितिको बैठकले डडेल्धुरा, कञ्चनपुर, दाङलगायत तराइका जिल्लाहरुमा भइरहेको बन फडानी सम्बन्धमा छलफलपछि बन फडानी नियन्त्रण गर्न सरकारले निर्देशन दिएको हो । समितिले बन फडानी सम्बन्धी गोपाल पराजुली आयोगको प्रतिवेदन समितिमा पठाउन सरकारलाइ निर्देशन दिएको समिति सभापति शान्ता चौधरीले जानकारी दिनुभयो । बैठकमा सभासदहरुले पहाडी जिल्लामा सामुदायिक उपभोक्ता महासंघले बन फडानिमा राम्रो काम गरेपनि तराइका जिल्लामा फडानिमा संलग्न गरेको आरोप लगाएका थिए । बारा, पर्सा, सलाही लगायतका जिल्लामा पनि बन फडानी तीब्र भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । गगन थापाले विकास निर्माणको काम र संरक्षणको काम संगसंगै गर्नुपर्ने बताउनुभयो । बैठकमा बन मन्त्रालयका अधिकारीहरुले संरक्षणको अभियान जारी रहेपनि राजनीतिक स्तरवाट सहयोग प्राप्त नभएको बताएका थिए । उनिहरुले तीब्र रुपमा भइरहेको बन फडानीप्रति राजनीतिक उदाशीनता देखिएको बताए ।
यसैबीच, एकीकृत माओवादीको मोहन बैद्य पक्षधरले पश्चिम सेती जस्तै माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनाको लाइसेन्स सम्बन्धमा छानविन गर्न माग गरेको छ । समिति सदस्य सभासद डबलबहादुर शाहले उर्जामन्त्रीको फागुन ३ गते भएको भारत भ्रमणका क्रममा राष्ट्रघाति सहमति भएको दावीगर्दै छानविन गर्नुपर्ने माग गर्नुभएको हो । पश्चिम सेतीको छानविन सकिएपछि माथिल्लो कर्णाली सम्बन्धमा छानविन गरिने सभापति चौधरीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से