कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, राजनीतिक निकासका लागि साझा अवधारणा तयार गर्ने

१५ कार्तिक २०६९, बुधबार १०:४९ मा प्रकाशित

काठमाडौ, १५ कात्तिक । राजनीतिक निकासका लागि पार्टीको आधिकारिक धारणा बनाउन नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक आजदेखि पार्टी कार्यालय सानेपामा सुरु हुँदैछ ।
दिउँसो एक बजेदेखि बस्ने बैठकमा राजनीतिक निकासरकालागि पार्टीभित्र निकासका विषयमा देखिएको फरक–फरक धारणालाई एक बनाउन छलफल हुनेछ । बैठकले वर्तमान राजनीतिक गतिरोधको निकासका विषयमा रोडम्याप तयार गर्ने कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । सिंहका अनुसार अनुसार कांग्रेसले सबैभन्दा पहिले वर्तमान सरकारको बिस्थापन र संयुक्त राष्ट्रिय सहमतिको सरकार गठन गरी नयाँ चुनावमा जाने रोडम्याप तयार पार्नेछ ।
सभापति सुशील कोइराला चुनावमा पक्षमा रहेपनि बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पुनःस्थापनाको पक्षमा छन् । आजको बैठकमा काङ्गेसले सहमतिका लागि खेल्ने भूमिका र निकासका विषयमा आएका अन्य दलहरुका प्रस्तावका विषयमा पनि छलफल हुने छ । सभापति कोइरालाले आजको बैठकबाट चुनाव बारे लिखित निर्णय गराउने तयारी गर्नुभएको छ ।  बैठकले चुनावमा जाने निर्णय गर्ने पार्टी सभापति सुशील कोइरालाले यसअघि नै बताइसकेका छन् ।
बैटकमा महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक गतिरोध र निकासका विषयमा प्रस्ताव पेस गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार