अवकाश रोजेका लडाकुलाई दोस्रो किस्ताको रकम वितरण गरिँदै

१५ कार्तिक २०६९, बुधबार १०:१३ मा प्रकाशित

चितवन, १५ कात्तिक । स्वैच्छिक अवकाश रोजेर  गएका एमाओवादीका लडाकुहरुलाई दोस्रो किस्ताबापतको रकम आजदेखि वितरण गरिने भएको छ ।
पहिलो शिविरको जिल्ला प्रशासन कार्यालय झापाबाट, दोस्रो शिविरको जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट, तेस्रो शिविरको जिल्ला प्रशासन कार्यालय चितवनबाट, चौथो शिविरको जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट, पाँचौं शिविरको जिल्ला प्रशासन कार्यालय दाङबाट, छैटौं शिविरको जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट र सातौं शिविरको जिल्ला प्रशासन कार्यालय कैलालीबाट रकम वितरण गर्न लागिएको हो ।
यसैबीच नवलपरासीमा रहेको चौथो डिभिजन अन्तर्गतका पूर्व लडाकुलाई सेना समायोजन विशेष समितिका सचिववाल सदस्य सदानन्दन कुर्मी नेतृत्वको टोलीले  आजदेखि जिल्ला प्रशासन कार्यालय नवलपरासीमार्फत रकम वितरण गर्ने भएको छ ।
रकम वितरणका लागि हिजै सदरमुकाम परासी आएको टोलीले आज बिहान १० बजेदेखि रकम वितरण गर्ने भएको हो । चौथो डिभिजनका दुई हजार १ सय ४१ जना पुर्व लडाकुलाई आजदेखि २५ गतेसम्म रकम वितरण गरिने टोली प्रमुख कुर्मीले  जानकारी दिनुभयो । कृषि विकास बैंकमा रहेको पुर्व लडाकुहरुको पुरानै खातामा रकम भुक्तानी हुने गरि चेक वितरण गरिने टोलीले जनाएको छ ।
यस्तै माओवादीको सातौ डिभिजनका पूर्वलडाकुलाई दिइने दोस्रो किस्ताको रकम वितरण गर्न सेना समायोजन विशेष समितिको टोली  कैलाली पुगेको छ । टोलीले आजदेखि जिल्ला प्रशासन कार्यालय कैलालीबाट पूर्व लडाकुहरुलाई रकम वितरण गर्ने सेना समायोजन विशेष समितिका सदस्य गोपालसिंह बोहराले जानकारी दिनुभयो ।
रकम वितरणका लागि सबै तयारी पुरा भैसकेको टोलीले जनाएको छ । गत वर्ष स्वेच्छिक अवकाश रोजेका देशैभरका १३ हजार ९ सय २२ पूर्वलडाकुहरुलाई उनीहरुले पाउने कुल रकमको दिन बाँकी आधा किस्ता यसपटक वितरण गरिदैछ । कैलालीको सातौं डिभिजनका २ हजार ८ सय १२ जना पूर्वलडाकुहरुले ले रकम बुझ्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने

काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह

काठमाण्डाैं।निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका