बेलायती सेनामा कार्यरत दुई नेपालीको अफगानिस्तानमा मृत्यु

१५ कार्तिक २०६९, बुधबार ०८:१२ मा प्रकाशित

काठमाडौँ, १५ कात्तिक । बेलायती सेनाको तर्फबाट अफगानिस्तानमा कार्यरत नेपाली मुलका रोयल गोर्खा राइफल्सका दुई सैनिकको गोली प्रहार गरि हत्या गरिएको छ । अफगानी प्रहरीको वर्दी लगाएर आएका अज्ञात व्यक्तिले मंगलबार गोली हान्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको बेलायती सञ्चार माध्यमहरुले जनाएको छ । मिर्त्य हुने दुवै सैनिक रोयल गोर्खा राइफल्सको फर्स्ट बटालियनमा कार्यरत रहेको बताइएको छ । बेलायती सेनाले उनीहरुको नाम सार्वजनिक गरेको छैन । तर मृतकका आफन्तलाई भने खबर गरिसकिएको बेलायती सेनाले जनाएको छ । अफगानिस्तानको हेल्मन्ड प्रान्तको नहर-ए- सराज जिल्लामा बेलायती सेनाको तर्फबाट अफगानिस्तानमा कार्यरत नेपाली मुलका दुई सैन्य जवानको मिर्त्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको