अमेरिकामा आएको आंधी, हुरी र मुसलधारे बर्षातमा ५० भन्दा बढीको ज्यान गयो, नेपाली समुदाय सुरक्षित

१५ कार्तिक २०६९, बुधबार ०४:०१ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका, १५ कात्तिक । अमेरिकाको पूर्वी राज्यहरुमा आएको “स्याण्डी” नामको आंधीका कारण यस क्षेत्रमा परेको मुसलधारे वर्षा र द्रुत गतिमा आएको आंधी-हुरीले पूर्वी समुन्द्र तटीय क्षेत्रको जन जीवन अस्त ब्यस्त हुनको साथै ठुलो धन जनको क्षति भएको छ । “स्याण्डी” नामको चक्रवाती आंधी र मुसलधारे वर्षाले न्युयोर्क न्युजर्शी, भर्जिनिया र बोस्टन आसपासको क्षेत्रमा ५० भन्दा बढीको ज्यान लिएको छ । आंधी हुरीमा परि मर्नेहरुको संख्या एकिन नभए पनि यो संख्या बढ्ने अनुमान गरिएको छ । यस क्षेत्रमा विद्युत आपूर्ति बन्द भएका कारण लाखौ मान्छे अंध्यारोमा बस्न विवस भएका छन् । संसारकै ठुलो सेयर बजारको रुपमा परिचित न्युयोर्क स्टक एक्स्चेज मंगलवार र बुधबार पूर्णरुपले बन्द रह्यो । अनुमान गरिए अनुसार बिजुलीको अभावमा मंगलवार राति करोड भन्दा बढी मानिस रातको आध्यारोमा गुजारा चलाउन विवस भए । न्युयोर्कमा द्रुत गतिको हुरी बतास र मुसलधारे बर्षमा परी १० जनाको ज्यान गएको छ । आंधी हुरीले निम्त्याएको आगलागीको कारण न्युयोर्कमा करिब १०० घर जलेर नष्ट भएका छन् । न्युजर्शीमा मंगलबार राति आंधीको गति ८० माइल प्रति घण्टा रहेको थियो । समुन्द्र तटीय क्षेत्रमा १३ फुट अग्लो लहरहरु उठेका थिए । “स्याण्डी” नामको चक्रवाती आंधी, हुरी र मुसलधारे वर्षाको कारण आसन्न राष्ट्रपति चुनावलाई पूर्णरुपले प्रभावित पारेको छ । आफ्नो चुनाबी अभियानलाई रोकेर वाइट हाउस फर्किनु भएका राष्ट्रपति बराक ओबामाले मंगलबार र बुधबार आपतकालीन बैठक बोलाई घटनाको बास्तबिकता बुझ्ने र राहत उपलब्ध गराउन आदेश दिएका छन् । हामीले नेपाली समुदाएका प्रतिनिधिहरु संग ‘सैंडी’ प्रभावित क्षेत्रमा बस्ने नेपाली मुलका अमेरिकीहरुको अवस्था जान्ने कोसिस गरेका थियौ । न्युयोर्क बाट तारा निरौला, बोस्टन बाट आनन्द बिष्ट, भर्जिनियाबाट राजेन्द्र खनाल, बाल्टिमोर बाट अमर छन्त्याल र रबिना थापाले दिएको जानकारी अनुसार नेपाली समुदाय पूर्ण रुपले सुरक्षित रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार