दसैंमा गुल्मी र अर्घाखाचीमा ६५ करोड रेमिट्यान्स

१४ कार्तिक २०६९, मंगलवार २२:१३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १४ कार्तिक । एक महिनामा गुल्मी र अर्घाखा“चीमा ६५ करोड रुपैंया भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । यहा“स्थित बैंक तथा वित्तीय संस्थाले दिएको जानकारी अनुसार, रेमिट्यान्स पठाउने मध्ये अधिकांश खाडी मुलुक र मलेशियामा रोजगारीमा गएकाहरु हुन् ।रेसुङ्गा विकास वैंकको प्रधान कार्यालय तम्घास र यसका ६ वटा शाखामा एक महिनामा २३ करोड ६० लाख रुपैंया रेमिट्यान्स भित्रिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सार्जन भट्टराईले बताए । एक महिनाको यो तथ्याङलाई हेर्दा आजसम्म करोड रुपैंया नाघ्ने उनको भनाई छ ।

रेमिट्यान्स कारोबार गर्ने यहा“को पूरानो संस्था सेञ्चुरी इन्टरनेशनलले एक महिनामा ११ करोड ३७ लाख ३० हजार रुपैंया रेमिट्यान्स भित्रिएको संचालक तेजेन्द्रकुमार श्रेष्ठले बताए । गुल्मी विकास बैंक तम्घासमा एक महिनामा ७ करोड ९ लाख ५९ हजार रुपैंया भित्रिएको प्रवन्धक चिरञ्जीवी शर्माले बताए । राष्ट्रिय बाणिज्य बैकमा २ करोड २५ लाख रुपैंया भन्दा बढी रेमिट्यान्स भित्रिएको शाखा प्रवन्धक झपटबहादुर रानाभाटले जानकारी दिए । प्रवन्धक सन्तोष रायमाझीले दिएको जानकारी अनुसार दशैं भित्रिए लगत्तै काष्ठमण्डप डेवलपमेण्ट बैक रिडी शाखामा २ करोड रुपैंया रेमिट्यान्स भित्रिएको छ । एसविआई बैंक तम्घास शाखामा भारतबाट मासिक सरदर ७० लाख रुपैंया भारतीय अवकाश प्राप्त सेनाको पेन्सन र अन्यले यस महिनामा २ करोड रुपैंया रेमिट्यान्स भारतबाट पठाउने गरेका छन् । हिमाल रेमिट भिमचोककी प्रबन्धक यमकला पाण्डेले दिएको जानकारी अनुसार एक महिनामा १ करोड १ लाख ३१ ह्जार ८ सय ५० रुपैंया भित्रिएको छ । गत वर्षबाट तम्घासमा कारोवार सुरु गरेका फेवा फाईनान्स, भृकुटी विकास बैक, बैंक अफ काठमाण्डौले पनि गत असोज महिनामा ५० लाख भन्दा बढी रेमिट्यान्स भित्राएका छन् । फेवामा असोज १ गतेदेखि कार्तिक १ गतेसम्म ६० लाख १९ हजार ८ सय रुपैंया भित्रिएको शाखा प्रबन्धक कालिदास पाण्डेले जानकारी दिए ।
भृकुटीमा करिव १ करोड भित्रिएको शाखा प्रवन्धक भुवन पाण्डेले बताए । बैक अफ काठमाण्डौमा ७० लाख भित्रिएको शाखा प्रबन्धक विमल श्रेष्ठको भनाई छ । सवै जोड्दा गुल्मीमा गत एक महिनामा कुल ५० करोड २३ लाख २० हजार ८ सय ५० रुपैया हुन आउंछ । यसका साथै गुल्मी घर भई अन्य जिल्लाका वित्तीय संस्थाबाट पनि रेमिट भुक्तानी लिनेहरु पनि छन् । त्यस्तै मानिसहरु घर आउ“दा साथी भाइसंग हस्ते रकम पठाउने रकमलाई आ“कलन गर्दा दशंै तिहारमा झण्डै एक अर्व रेमिट गुल्मीमा भित्रिने देखिएको छ ।
ग्लोबल आइएमई अर्घाखा“चीका शाखा प्रवन्ध बसन्त कार्की अनुसार असोज महिनामा ७ करोड रुपैंया विदेशबाट आईएमई मार्फत रेमिटयान्स आएको छ । य प्रभु फाइनान्स र हिमालयन बैंक लगायतका मनिटान्सर्फरबाट ८ करोड रुपैंया भन्दा बढी वितरण गरेको बैकहरुले जनाएका छन् । यहा“ राष्ट्रिय वाण्ँिज्य बैंक सहित एभरेष्ट बैंक,बैक अफ काठमाण्डौ,ग्लोबल बंैक,एनआइसी,मेगा,एसविआइ बैक,साइन बैंक,भृकुटी विकास बैकहरुले पनि रेमिटान्स वितरण्ँ गरेको ती बैंकले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी