पहिरोमा जिप पुरिएर चारको मृत्यु

१४ कार्तिक २०६९, मंगलवार २०:३० मा प्रकाशित

काठमाडौं, १४ कात्तिक । भारतको सीमावर्ती क्षेत्रमा पर्ने धार्चुला तहसिल तीनतोला भन्ने ठाउँमा चट्टान खसेर जीप पुरिँदा दुई नेपालीसहित चारजनाको मृत्यु भएको छ। ठूल्ठूला ढुङ्गाले जीप च्यापिएपछि दार्चुलाको राप्ला गाविस ५ का २२ वर्षीय गणेशसिंह धामी र ३२ वर्षीय धनजितसिंह धामीसहित अन्य दुई भारतीयको मृत्यु भएको हो । सोमबार साँझ घटेको सो घटनामा चारैजनाको उनीहरुको घट्नास्थलमै मृत्यु भएको हो। युए ०५ ३८४० नम्बरको जीपमा चट्टान खसेको घट्नास्थलपुगेर फर्केकाहरुको भनाई छ ।
घट्नास्थल दार्चुला सदरमुकाम खलंगा पारीको भारतीय बजार धारचुलादेखि २१ किलोमिटर उत्तरमा पर्छ। भारतले उक्त क्षेत्रमा महाकाली किनारै भएर कालापानीसम्म सड्क फराकिलो पार्ने तथा खन्ने काम गरिरहेको छ। चट्टान फुटाउन भारतले विष्फोटक पदार्थ प्रयोग गरे लगत्तै घट्ना घटेको बताइएको छ ।
दार्चुलाबाट उत्तरतर्फका ११ रु १२ गाविसका वासिन्दाहरु नेपालतर्फ सड्क सुविधा नहुँदा भारतीय यातायात प्रयोग गर्न बाध्य छन्। उनीहरु दैनिक भारतीय सडक प्रयोग गरी तुइनको भरमा महाकाली नदी पार गरी घर आउजाउ गर्छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले