कांग्रेसले नगरसभापतिहरुको पनि भेला गर्ने

१४ कार्तिक २०६९, मंगलवार २०:२३ मा प्रकाशित

भक्तपुर, १४ कात्तिक । नेपाली काँग्रेसले आगामी कात्तिक १८ गते शनिबारदेखि देशभरका नगरसभापतिहरुको तीनदिने भेला आयोजना गर्ने राससले जनाएको छ । नेपाली काँग्रेस मध्यपुरठिमी नगरसमितिले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा भेलाबारे जानकारी दिँदै नेपाली काँग्रेस ठिमी नगरसभापति अष्टकुमार कवेंले नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा मध्यपुरठिमी नगर समितिको व्यवस्थापनमा भेला तथा प्रशिक्षण हुन लागेको बताउनुभयो । भेला तथा प्रशिक्षणमा देशभरका ५८ वटै नगरपालिकाका नेपाली काँग्रेस नगरसभापतिहरुको सहभागिता रहने छ । प्रशिक्षण कार्यक्रमका संयोजक विनोद कायस्थले काँग्रेस, एमालेले सुरु गरेको सरकारविरुद्धको आन्दोलनमा थप सहयोग गर्न भेला आयोजना गरिएको बताउनुभयो । देशमा बढ्दो राजनीतिक अन्योललाई समाप्त गर्न र शान्ति एवम् लोकतन्त्रलाई संस्थागत गर्नुका सट्टा सरकारले उल्टो निरङ्कुशता थोपर्दै जान थालेकाले सरकारविरुद्ध आन्दोलनलाई सशक्त बनाउन काँग्रेसले पहिलोपटक यस्तो प्रशिक्षण आयोजना गर्न लागेको बताइएको छ । प्रशिक्षणमा सङ्घीयता, राज्य पुनःसंरचना, नेपाली काँग्रेसको इतिहास, लोकतान्त्रिक समाजवाद, काँग्रेसको नीति, उद्देश्य, कार्यदिशा, भावी कार्यनीति, नेतृत्व विकास, नगरपालिका सञ्चालन, शान्ति र लोकतन्त्रको व्यवस्थापन, काँग्रेसको नीति तथा कार्यक्रम बारेमा प्रशिक्षण एवम् अन्तक्रिर्यासमेत गरिने छ । प्रशिक्षणमा पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतका नेताहरुले प्रशिक्षण दिने आयोजकहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो