अमेरिकाको विश्वविद्यालयबाट पत्रकार किशोर पन्थीलाई मानार्थ विद्यावारिधि

२० पुष २०७८, मंगलवार १५:५२ मा प्रकाशित

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मान गरेको छ ।

अमेरिकाको सिका युनिभर्सिटीले पत्रकार पन्थीलाई ह्युमेन लेटर्समा मानार्थ पीएचडीबाट सम्मान गरेको हो ।

मानवताको भलाईमा योगदान दिएका कारण पन्थीलाई यो सम्मान प्रदान गरिएको युनिभर्सिटीकी प्रेसिडेण्ट स्यारोन जे बाक्वेडो फिनले जानकारी दिएकी छिन् । आगामी जनवरी २० का लागि भर्चुअल रुपमा ग्रयाजुएसन कार्यक्रम तय गरिएको उनले जानकारी दिइन् ।

यो युनिभर्सिटीले समाजमा कैयन प्रकारका मानवीय योगदान गरेका व्यक्तिलाई हरेक बर्ष मानार्थ पीएचडीबाट सम्मान गर्दै आएको छ । जसका लागि प्रारम्भिक योग्यता स्वरुप १० बर्षभन्दा लामो सामाजिक योगदान गरेको हुनुपर्ने प्रावधान रहेको छ ।

पत्रकार पन्थी न्युयोर्कबाट ११ बर्षदेखि प्रकाशित हुदै आएको खसोखासका प्रधानसम्पादक हुन् भने झण्डै २ दशकदेखि पत्रकारितामा सकृय छन् ।

अमेरिकामा एक दशकभन्दा लामो समय पूर्णकालीन पत्रकारितामा सक्रिय पत्रकार पन्थीले अमेरिकामा रहेको नेपाली समुदायको हितलाई केन्द्रमा राखेर पत्रकारिता गर्दै आएका छन् । पत्रकार पन्थी अमेरिकी अध्यागमन, राजनीति र सामाजिक विषयमा कलम चलाउँछन् ।

सिका युनिभर्सिटीबाट पैगम्बर शेफर्ड बुशिरी लगायतका चर्चित व्यक्तित्वहरु समेत मानार्थ पीएचडीबाट सम्मानित भइसकेका छन् । त्यस्तै अमेरिकाका केही सांसदहरुले समेत सिका युनिभर्सिटीबाट मानार्थ पीएचडी प्राप्त गरेका छन् ।

त्यस्तै बोस्टन प्रहरी विभागका ४२ औं कमिश्नर विलियम ग्रसले पनि सिका युनिभर्सिटीबाट मानार्थ पीएचडी प्राप्त गरेका थिए । उनले सन् २०१५ मा बोस्टन प्रहरीको सुपरिटेण्डेण्ट इन चिफ रहदा यो मानार्थ पीएचडी प्राप्त गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको