स्वामीको भेषमा पाँच करोड ठग्ने प्रहरी फन्दामा

१४ कार्तिक २०६९, मंगलवार १९:५१ मा प्रकाशित

काठमाडौं, १४ कात्तिक । ‘प्रपन्चार्य नाम राखी गेरुबस्त्र लगाएर श्री बिष्णु प्रपन्चार्यजी महाराज भनी आफूलाई चिनाउने गुल्मीका बिजय भण्डारी नामका व्यक्तिलाई गुल्मी प्रहरीले मंगलबार तम्घासबाट पक्राउ गरेको छ । साधुसन्तको आवरणमा ठगी धन्दा चलाएको खुलासा भएपछि भण्डारी पक्राउ परेका हुन् । उनीमाथि धार्मिक कार्यक्रममा सहभागी बनाउन अमेरिका लगेर उतै सेटल गरिदिने भन्दै एक सय भन्दा बढिबाट करिव ५ करोड रुपैयाँ ठगेको अभियोग लागेको प्रहरीले जनाएको छ ।
भण्डारीले गत दुई बर्षदेखि नेपाल तथा भारतमा रहेका नेपाली बिद्यार्थी र ब्यबसायी र योग प्रशिक्षकहरुलाई अमेरिका लगिदिने भन्दै पैसा उठाएको बताइएको छ । भण्डारीबाट ठगिएकाहरुले बैदेशिक रोजगार बिभागमा उजुरी दिएपछि बिभागले गत साउन २६ गते उनलाई पक्रिन प्रहरीलाई अनुरोध गरेको थियो ।
यसरी निकै समय अघिदेखि नै भण्डारीमाथि उजुरी परे पनि प्रहरी उनको नजिक पुग्न सकेको थिएन । १५ कात्तिक (बुधबार) देखि तम्घासमा हुने महायज्ञमा सहभागी हुन पुगेको मौका छोपेर भण्डारीलाई पक्राउ गरिएको प्रहरीको कथन छ । सन २०१३ अप्रिल मा हुने २९ महिने धार्मिक कार्यशालामा सहभागी बनाइदिने र उतै सेटल गरिदिने उनले आश्वासन दिँदै उनले करिव एक सय जनासँग पैसा उठाएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार