दश दिनभित्रमा एमालेले राज्यपुर्नसंरचनामा आधिकारिक धारणा ल्याउने

८ चैत्र २०६८, बुधबार १७:२६ मा प्रकाशित

काठमाडौ, ८ चैत  । नेकपा एमाले राज्यको पुनःसंचरनाको बारेमा विभिन्न विचारहरु सार्वजनिक भइरहेको र त्यसले अन्यौलता उत्पन्न गरेकोले केही दिनसम्म पार्टीभित्र अनौपचारिक छलफल चलाएर आगामि दश दिनभित्र पार्टी स्थायी कमिटीको बैठक बसी यस सम्बन्धमा संस्थागत निर्णय गर्ने भएको छ ।
आज बसेको पार्टीको स्थायी समितिको बैठकले शान्ति प्रक्रिया र संविधान निर्माणको सम्बन्धमा मुलुकमा गम्भीर आशंका उत्पन्न भएकोले समयमै निष्कर्षमा पु¥याउनको लागि विभिन्न पार्टीहरुसँगको वार्ता प्रक्रियालाई घनिभूत रुपमा अघि बढाउने निर्णय पनि गरेको छ ।
त्यसैगरी राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकद्वारा पारित राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदनको सम्बन्धमा प्रतिनिधि परिषद्मा विभिन्न समूहबाट आएका सुझावहरुलाई केन्द्रीय सचिवालयले अन्तिम सम्पादन गरी जारी गर्ने, अखिल नेपाल किसान महासंघले सन्चालन गर्ने नयाँ नेपाल निर्माणका निम्ति किसान महासंघको आह्वान” नामको अभियान अनुमोदन गर्नुको साथै उक्त अभियान अघि बढाउन   सघाउने निर्णय पनि गरेको छ ।
बैठकले देशका विभिन्न भागमा महिलाहरुमाथि हुने हिंसात्मक गतिविधिहरु बढिरहेकोमा चिन्ता प्रकट गर्दै  त्यस्ता गतिविधि रोक्न पार्टीपंक्तिलाई परिचालित गर्नुको साथै कानून बमोजिम कार्वाही गर्न सरकारलाई दवाव दिने निष्कर्स निकालेको छ ।
त्यसरीनै एमालेले विभिन्न ठाउँमा दलित समुदायमाथि छुवाछुत जस्तो घृणित प्रथा कायमै रहेको र यो समुदायका जनतामाथि भएको विभिन्न किसिमका विभेद र अन्याय–अत्याचारको विरुद्धमा नपार्टीपंक्तिलाई परिचालित गर्नुको साथै यस सम्बन्धमा कानुनी कार्वाही अघि बढाउन सरकारलाई दवाव दिने भएको छ ।
स्थायी समितिको बैठकले अनियमित र अन्यायपूर्ण तरिकाले कर्मचारीको सरुवा गर्ने, सरुवाको क्रममा भ्रष्टाचार गर्ने, कतिपय मन्त्रीहरुले कर्मचारीहरुमाथि अभद्र व्यवहार गर्ने काम गरिरहेको कुरा सार्वजनिक भइरहेको सन्दर्भमा त्यस किसिमको क्रियाकलापको घोर निन्दा र भ्रत्र्सना गर्दै अनियमित सरुवा–आतङ्क बन्द गर्न र नियम बमोजिम काम गर्न माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप