भट्टराई सरकार बजेटको पासोमा पर्ने सीपीको दाबी

१४ कार्तिक २०६९, मंगलवार १४:५० मा प्रकाशित

काठमाडौं, १४ कात्तिक । विपक्षीहरुको विरोधका बावजुद पूर्णबजेट ल्याउने सरकारी तयारीबारे चर्चा बहस भइरहेकै बेला नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले विपक्षीहरुले कुनै पनि हालतमा बजेट पास हुन दिन नहुने बताएका छन् । भट्टराई नेतृत्वको सरकार बजेटको पासोमा फस्ने दावी गर्दै उनले भक्तपुरमा मंगलबार आयोजित एक कार्यक्रममा अहिले विपक्षीहरुले बजेट पास गर्नु भनेको असंवैधानिक सरकारको आयु लम्ब्याउनु मात्र हुने तर्क गरे ।
बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनु बाँदरलाई लिस्नु हालिदिनुसरह भएको भन्दै नेता सीपीले बजेट कुनै पनि हालतमा पारित नहुने दावीसमेत गरे। कात्तिक २५ गते मुलुकको राजनीति परिवर्तन हुने दावी गर्दै उनले सोही दिन राष्ट्रपति लगायत सबै राजनीतिक दलहरुको राजनीतिक परीक्षा हुने बताए। कङ्ग्रेस, एमाले र एमाओवादी असफल भइसकेकाले अव सरकारको नेतृत्व नेकपा-माओवादीले गर्नुपर्ने र त्यसका लागि रामबहादुर थापालाई पार्टीले अघिसारेको खुलासा उनले गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी