बृद्ध घिमिरेका हत्यारा पक्राउ

१४ कार्तिक २०६९, मंगलवार १४:३४ मा प्रकाशित

काठमाडौं, १४ कात्तिक । ओखलढुङ्गामा तीन साताअघि एक बृद्धको हत्या गरेर फरार दुई आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। गत असोज २५ गते पुनरावेदन अदालत जनकपुरका न्यायाधिश विनोद शर्माका ८९ वर्षीय पिता अम्बिकाप्रसाद घिमिरेको हत्या गरी अभियुक्तहरु फरार थिए। एकान्त घरमा एक्लै रहेको घिमिरेको मध्यराति अज्ञात समुहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो।
घिमिरेको शरीरका विभिन्न भागमा छुरी प्रहार गरी हत्या गरिएको अवस्थामा गाउँलेले फेला पारेपछि दसैं नजिकिएका बेला गाउँमा त्रास फैलिएको थियो। पक्राउ दुबैले मादक पदार्थ सेवन गरेर घर गएका बेला बृद्धले गाली गरेपछि आवेशमा आएर खुकुरी प्रहार गर्दा मृत्यु हुन गएको बयान दिएको प्रहरीले जनाएको छ। फरार रहेका सन्तोष भुजेल र विक्रम भुजेललाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सार्वजनिक गरेको हो।
जिल्लाको पोकली २ लेतीस्थित घरमै सुतेका बृद्ध घिमिरेको हत्या गरेर फरार दुवैजना दसैं मनाउने क्रममा गाउँकै स्थानीयको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका प्रहरी कथन छ । हत्या आरोपमा दर्जन बढी व्यक्रि अनुसन्धानका लागि पक्राउ परेपछि उनीहरुको बयानका आधारमा भुजेलद्वयलाई प्रहरी विशेष टोलीले पक्रन सफल भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको

बैतडी । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेशका नाकाहरुमा कडाई गरेको छ । भारतले

काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बिहिबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ।