आज एमालेको चिया कार्यक्रम, अपमान सहँदै प्रधानमन्त्री सरिक हुने

१४ कार्तिक २०६९, मंगलवार १०:२० मा प्रकाशित

काठमाडौं, १४ कात्तिक । बडादशैँको अवसर पारेर कोजाग्रत पूर्णिमाको भोलीपल्ट अर्थात् आज मंगलबार नेकपा एमालेले चियापान कार्यक्रम आयोजना गर्दैछ । एमालेले चियापानमा सबै दलका शीर्ष नेता, संवैधानिक निकायका प्रमुख, कुटनीतिज्ञ, व्यापारी, नागरिक समाजका अगुवा, कलाकार, साहित्यकार, पत्रकार लगायतलाई चियापानमा निम्तो गरेको जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको हैसियतमा नभई माओवादी उपाध्यक्ष मात्र लेखेर निम्तो पठाइएको छ । तर, रोचक के छ भने हिजो नेपाली कांग्रेसको चियापानमा अनुपस्थित रहेका प्रधानमन्त्री आज अपमानको घुट्को पिएरै भएपनि एमालेको चियापानमा सरिक हुने बालुवाटार सुत्रले जनाएको छ ।
कांग्रेसले सोमबार गरेको चियापान कार्यक्रममा भने प्रधानमन्त्री र मन्त्रीकै रुपमा निमन्त्रणा गरेको थियो । ‘कांग्रेसले निम्ता गर्दा प्रधानमन्त्री भनेर सम्बोधन गरेको छ, तर एमालेले यसरी सम्बोधन गर्न कञ्जुस्याईं गर्यो भन्दैप्रधानमन्त्रीका एक सहयोगीले गुनासो गरे । एमालेले पार्टी उपाध्यक्षको हैसियतमा बोलाएकाले प्रधानमन्त्रीको निम्तो पार्टी कार्यालय कोटेश्वरमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री

आजको प्रमुख समाचार