यात्रुहरुले तिरेको बढी भाडा प्रहरीको सहयोगमा यात्रुलाई नै फिर्ता

१४ कार्तिक २०६९, मंगलवार ०९:५९ मा प्रकाशित

छविलाल बगाले, लमजुङ,१४ कात्तिक । लमजुङ सदरमुकाम बेशिसहरबाट लामो तथा छोटो दुरीमा चल्ने अधिकांश यातायातका साधनहरुले दशैको मौका छोपेर यात्रुहरुसँग मनलाग्दी भाडा असुल्ने गरेका छन् । गन्तब्यमा पुग्नुपर्ने यात्रुहरु दोब्बर भाडा तिर्नुपर्दा र बसहरु रिजर्भ गरी यात्रा गर्नुपर्दा उनीहरु मर्कामा परेकाछन् । यातायातका साधनहरुले साबिकको भाडादर भन्दा निकै बढि भाडा लिने गरेको पीडित यात्रुहरुले गुनासो गरेका छन् । चाडबाडको समयमा गाउँ तथा शहरबजारमा ओहोरदोहर गर्नुपर्ने यात्रुहरुलाई मर्का पर्नेगरी मनलाग्दी भाडा लिने गरेपनि जिल्लामा भएको यातायात ब्यबसायी समिति, प्रशासन लगायत सम्बन्धित निकायले खासै चासो नदेखाएको यात्रुहरुले गुनासो गरेका छन् ।
बसमा कार्यरत चालक तथा सहचालकहरुले विना टिकट यात्रुहरु बसभित्र र छतमा राखी लामो दुरीमा लैजाने गरेका छन् । बिच बाटोमा पुगेपछि उनिहरुले यात्रुहरुसँग जवरजस्ती थर्काएर, गाली गरेर बढि भाडादर असुल्ने गरेको पाईएको छ । यात्रुहरुलाई एकातिर चाडबाडको बेला गाडी नपाउने चिन्ता छ भने अर्कोतिर महङ्गो भाडा तिर्न बाध्य छन् ।
त्यसो त जिल्लाका ग्रामिण भेगहरुमा खनिएका कच्ची सडकहरुको अवस्था निकै दयनीय छ । दशै अगाडि सडक मर्मत गर्न केही बजेट विनियोजन गरिएपनि काम भने खासै हुन सकेको छैन । यातायातका साधनहरुमा खचाखच भेडाबाख्रा कोचे झैं यात्रुहरुलाई खाँदेर लगिने गरिएको छ । सदुमुकाम बेशिसहरबाट नियमीत रुपमा चल्ने यातायातका साधनहरु आफ्नो पालो बङ्क गरेर रिजर्भ जाने कारणले गर्दा यात्रुहरुलाई थप समस्यामा पारेको छ ।
बेशिसहरदेखि घलेगाउँसम्म प्रति यात्रु ३ सय ५० रुपैयाँ भाडा भएपनि उनिहरुले यात्रुहरुलाई रिजर्भमा लाने गरेकाछन् । अघिपछि ४ हजार ४५ सय सम्म रिजर्भको भाडा लाग्ने घलेगाउँसम्म दशैँको मौका छोपेर ८ हजारसम्म रिजर्भमा बार्गेनिङ गरेर भाडा लिने गरेको पाईएको छ । यस्तै, वेसीशहरदेखि उत्तरी लमजुङ लगायत ग्रामीण भेगमा जाने यातायातले पनि रिजर्भमा मात्रै लाने गरेकाछन् । भनेको समयमा बस नपाएपछि वेशीसहरको शेराबजारमा एकछिन तनाब उत्पन्न भएको थियो । यातायात ब्यवस्थापनका क्रममा कालिका माईक्रो बसको टिकट काउन्टरमा बसेका कर्मचारीले हात हालेको भन्दै यात्रुहरुले विरोध गरेका थिए । यातायात ब्यबसायीहरुले जिल्लाको स्याँगे, च्याम्चे, जगत, घलेगाउँ, भोर्लेटार, काठमाडौ, पोखरा लगाएतका स्थानहरुमा रिजर्भका नाममा यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको यात्रुहरुको गुनासो छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना