अब कार पनि रकेटको गतिमा

१४ कार्तिक २०६९, मंगलवार ०९:४९ मा प्रकाशित

काठमाडौं, १४ कात्तिक । कार पनि रकेटको गतिमा गुड्छ भन्दा पत्यार नलाग्ला । तर, बेलायती इन्जिनियरलाई रकेटको रफ्तारमा चल्ने कार निर्माणमा सफलता मिलेको छ । बिबिसिका अनुसारबेलायतका इन्जिनियरले रकेटको रफ्तारमा चल्ने हाइब्रिड कारको निर्माणमा सफलता पाएका छन् । रकेटको गतिमा चल्ने ब्लडहोन्ड सुपर सोनिक कारको लम्बाई ४२ फिट लामो छ भने यसको गति प्रतिघण्टा १ हजार ६ सय १० किलोमिटर छ। यो कारमा युरो फाइटरको टाइफुन जेटको इन्जिन राखिएको छ र कारमा रकेट पनि जोडिएको छ। कारमा फर्मुला वान इन्जिन प्रयोग गरिएको हो।
एजेन्सीहरुका अनुसार ब्लडहोन्ड सुपर सोनिक कारको परीक्षण सफल भइसकेको छ। पहिलोपटक हाइब्रिड कारको फाइरिङ टेस्ट भएको थियो। फर्मुला वानको इन्जिन तताउन कठिन काम थियो। यो कार सन् २०१४ भित्र बजारमा आउने बताइएको छ भने कार बजारमा आउनुअघि धेरै परीक्षण गर्नुपर्ने सम्बन्धित इञ्जिनियरहरुको कथन छ।
स्टिल र अल्मुनियमबाट बनाइने कार निर्माण गर्न पाँच कम्पनी लागिरहेका छन्। कार एक टन बराबरको हुनेछ। अहिले यो कार बनाउन ६ टनको कच्चा मालसामान लागेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । बहुपक्षीयतालाई समर्थन गर्ने चीनको दृढ सङ्कल्प परिवर्तन नहुने चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार २०२१ इम्पेरियल स्प्रिङ्स अन्तर्राष्ट्रिय मञ्चको

जाकार्ता । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना

न्युयाेर्क । वैज्ञानिकहरुले खुला सागरको एउटा क्षेत्रमा प्लाष्टिकको थुप्रोमा बस्ने समुद्री जनावरहरु पत्ता लगाएका छन् । वैज्ञानिकहरुले साे क्षेत्रलाई ग्रेट

लन्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अहिले पनि