अब कार पनि रकेटको गतिमा

१४ कार्तिक २०६९, मंगलवार ०९:४५ मा प्रकाशित

काठमाडौं । कार पनि रकेटको गतिमा गुड्छ भन्दा पत्यार नलाग्ला । तर, बेलायती इन्जिनियरलाई रकेटको रफ्तारमा चल्ने कार निर्माणमा सफलता मिलेको छ । बिबिसिका अनुसारबेलायतका इन्जिनियरले रकेटको रफ्तारमा चल्ने हाइब्रिड कारको निर्माणमा सफलता पाएका छन् । रकेटको गतिमा चल्ने ब्लडहोन्ड सुपर सोनिक कारको लम्बाई ४२ फिट लामो छ भने यसको गति प्रतिघण्टा १ हजार ६ सय १० किलोमिटर छ। यो कारमा युरो फाइटरको टाइफुन जेटको इन्जिन राखिएको छ र कारमा रकेट पनि जोडिएको छ। कारमा फर्मुला वान इन्जिन प्रयोग गरिएको हो।
एजेन्सीहरुका अनुसार ब्लडहोन्ड सुपर सोनिक कारको परीक्षण सफल भइसकेको छ। पहिलोपटक हाइब्रिड कारको फाइरिङ टेस्ट भएको थियो। फर्मुला वानको इन्जिन तताउन कठिन काम थियो। यो कार सन् २०१४ भित्र बजारमा आउने बताइएको छ भने कार बजारमा आउनुअघि धेरै परीक्षण गर्नुपर्ने सम्बन्धित इञ्जिनियरहरुको कथन छ।
स्टिल र अल्मुनियमबाट बनाइने कार निर्माण गर्न पाँच कम्पनी लागिरहेका छन्। कार एक टन बराबरको हुनेछ। अहिले यो कार बनाउन ६ टनको कच्चा मालसामान लागेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा र इन्टरनेट सेवा प्रदायक कम्पनीकाे मनपरी नियन्त्रण गर्न र गल्ती गर्नेलाई तुरुन्त कारबाही

काठमाडौं ।फेसबुककी एक पूर्वकर्मचारीले फेसबुक कम्पनीका वेबसाइट र एपहरूले बालबालिकालाई हानि पुर्‍याउने, सम्बन्ध बिगार्ने र मुलुकको प्रजातन्त्रलाई कमजोर बनाउने गरेको

न्युयोर्क । करिव ६ घन्टा विश्वव्यापी अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् । अबरोध हुँदा अर्बौँ प्रयोगकर्ताले

काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेर इन्टरनेट सेवा उपलब्ध गराइरहेका सेवा प्रदायकको केबल काट्न सुरु गरेको छ। शनिबार