सडक भत्काउन मात्रै होईन बनाएर देखाउन प्रधानमन्त्रीको निर्देशन

८ चैत्र २०६८, बुधबार १४:५४ मा प्रकाशित

काठमाडौ, ८ चैत । प्रधानमन्त्री डा. बावुराम भट्टराईले थालनी गरिएका काममा परिणाम निकाल्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको छ । काठमाण्डौ उपत्यकामा विस्तार गरिएका सडकको अवस्थाबारे जानकारी लिने क्रममा आज प्रधानमन्त्री भट्टराईले कम भन्दा कम क्षतिमा राम्रो सडक निर्माण गर्न निर्देशन दिनुभयो । बैठकमा प्रधानमन्त्री भट्टराईले सडक विस्तारका लागि भत्काउने काम पूर्ण भए पनि निर्माणको काम पछाडि परेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले अव विस्तारको लागि भत्काइएको सडकलाई व्यवस्थित रुपमा निर्माण गर्नेतर्फ केन्द्रित हुन निर्देशन दिनुभयो । निर्माण कार्यमा ढिला गर्ने हो भने यो कामकाजि हुन नसक्ने भन्दै उहाँले यो विशेष राष्ट्रिय अभियान भएकोले निर्माणकालागि कुनै कुराको पनि अभाव आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । निर्माणका लागि ठेक्का प्रक्रियालगायतका विषयमा साधारण प्रक्रिया ढिला भएको भए अन्य प्रक्रिया अपनाउन पनि उहाँले सम्वन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिनुभयो । उहाँले  कुनै पनि सन्दर्भमा कतैको पनि काम रोकिन नहुनेमा बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी, भौतिक योजनामन्त्री हृदयश त्रिपाठीलगायत सम्बन्धित मन्त्रालयका सचिव तथा सरोकारवाला संस्थानका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको