तस्करबाट बरामद गर्दै आफ्नै घर भर्दै

१४ कार्तिक २०६९, मंगलवार ०९:४० मा प्रकाशित

वीरगन्ज, १४ कात्तिक । तस्करीको भनेर बरामद गरेका सामान प्रहरीले आपसमा बाँडेर लिएको घटना प्रकाशमा आएको छ । वडा प्रहरी कार्यालय विर्ताका प्रहरीले यस्तो गरेको खुलासा भएको हो । नियन्त्रणमा लिइएको चारवटा रंगीन टेलिभिजन प्रहरीले भागबन्डा गरेर लिएको सार्वजनिक भएको छ ।
वडा प्रहरी कार्यालय विर्ताले विशेष सुराकीका आधारमा गत २ असोजमा चारवटा भारतीय टिभी बरामद गरेको थियो । बरामद गरिएको टिभी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । तर, बरामद भएका चारवटा कबेस्टन ब्रान्डका टिभीमध्ये वडा प्रहरी कार्यालय विर्ताका इन्स्पेक्टर सुजन जोशीले करिब ४० हजार रुपियाँ मूल्य पर्ने ३२ इन्चको एलइडी टिभी घर लगेका छन् भनेृ बाँकी १४ इन्चका तीन रंगीन टिभी वडा प्रहरी कार्यालयकै सई र असईले लगेका अनुसन्धानबाट खुलेको छ ।
इन्स्पेक्टर जोशीकै नेतृत्वमा रहेको टोलीले २ असोजमा वीरगन्जको लिंकरोडस्थित लक्की इम्पेक्स टिभी पसलबाट चारवटा तस्करीको टिभी नियन्त्रणमा लिएको थियो । तस्करले सीमावर्ती भारतीय सहर रक्सौलबाट भन्सार छलेर लिंकरोडको टिभी पसलमा पुर्‍याएलगत्तै प्रहरीले चारवटै टिभी बरामद गरेको हो ।
यस विषयमा बुझ्न खोज्दा एसपी पीताम्बर अधिकारीले वीर्ता प्रहरीले टिभी बरामद गरेको बारे आफूलाई थाहा नभएको बताए । सामान्यता प्रहरीले कुनै अवैध सामान बरामद गरे २४ घन्टाभित्र आफूभन्दा माथिल्लो निकायमा जानकारी गराउनुपर्ने वा कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउनुपर्ने प्रावधान छ । तर, इन्स्पेक्टर जोशीले २ असोजमै बरामद गरेको टिभी न जिल्ला प्रहरी कार्यालयमा बुझाए न त कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयकै जिम्मा लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार