चिठीमार्फत् लागूऔषध तस्करी

१४ कार्तिक २०६९, मंगलवार ०९:३८ मा प्रकाशित

काठमाडौं, १४ कात्तिक । तस्करहरुले चिठीपत्रलाई समेत अवैध लागूऔषध ओसारपसारको माध्यम बनाउन थालेको खुलासा भएको छ । चिठीको भित्र पट्टी सानो आकारमा टासेर र प्लाइउडभित्र थाहा नपाउने किसिमले राखेर लागूऔषध ओसारपसार हुन थालेको हालैको प्रहरी अनुसन्धानबाट खुलेको हो । हुलाकमार्फत् लागू औषधको कारोबार गर्ने कारोबारी पक्राउ समेत परिसकेको प्रहरीले जनाएको छ । प्रहरीको लागूऔषध नियन्त्रण इकाइले वैदेशिक हुलाक भन्सार कार्यालयमार्फत टेरमा राखेर रसिया पठाउन लागेको ३ सय ४० ग्राम चरेससहित चरेस पठाउने रसियाकै इमारस्को अलेक्सलाई पक्राउ गरेको छ ।
केही समय अघिसम्म विदेश लैजान पार्सल गरेर राखेको ८ किलो चरेशसहित हुलाकका कर्मचारी शिवबहादुर सुकानी विमानस्थलबाट पक्राउ परेका थिए । बैङकक हुँदै बैइजिङ लैजान लागेको अवस्थामा उनी समातिएका थिए । यस्तै पोखरामा पाराग्लाइडिङका अन्तर्राष्ट्रिय पाइलट स्कट समातिएका थिए । ९ वर्षदेखि पोखरामा बसेर प्याराग्लाइडिङ उडाउँदै आएका उनले क्षेत्रीय हुलाक कार्यालय मार्फत पार्सल गरेर चरेश क्यानाडा पठाउन लाग्दा समातिएका थिए । नेपाली विमानस्थलबाट लागुऔषध बाहिरिन नपाएपछि केही वर्षदेखि चरेशका कारोबारीले भारतलाई ट्रान्जिट प्वाइन्टका रुपमा विस्तार गरेको पाइएको छ । नेपालबाट चरेश भारत पुर्‍याएर त्यहाँबाट कुरियर कार्गो हुँदै युरोपेलि मुलुक पठाउने गरेको पाइएको हो ।
चरेश विदेश लैजाँदा अनेक तरिका अपनाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । तस्करहरुले कचौराभरि चरेश राखेर माथिबाट मैन पगालेर छोपेर लैजाने गरेका छन् । त्यसो गर्दा विमानस्थलमा भएको एक्सरे मेसिनले केही पत्तो पाउँदैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार