हत्या गरी फरार श्रेष्ठ पक्राउ

१३ कार्तिक २०६९, सोमबार २३:४४ मा प्रकाशित

रुपन्देही १३ कार्तिक । युबक हत्या गरी फरार भएका आरोपी ३० बर्षिय राजेश श्रेष्ठलाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । माकर ४ दिब्यनगर निबासी दिपु भनीने देव बहादुर श्रीष मगरको २०६७ साल माघ ७ गत हत्या गरी फरार श्रेष्ठलाई माकर २ चिसापानी उनको घरबाट पक्राउ गरेको बर्दघाट प्रहरी चौकी इन्चार्ज यदु रिमालले जानकारी दिए । श्रीसको दुइबर्ष अघि हत्या भएको थियो । श्रीसको शव माकर ३ करमैया गाउबाट एक किलोमिटर पुर्ब कुलोमा गाडिएको अबस्थामा फेला परेको थियो । धारीलो हतियार प्रयोग गरी हत्या गरेका ५ जना मध्ये एक श्रेष्ठलाई पक्राउ इन्चार्ज रिमालले बताए । हत्यामा ५ जना संलग्न रहेको र घटना लगत्तै ४ जनालाई पक्राउ गरीएको थियो । हत्यामा संलग्न रहेका कमल क्षेत्री , राजु थापा , मनोज बिक र प्रकाश बिकलाई हत्या लगत्तै पक्राउ गरीएको थियो उनिहरुले सजाय भोगीरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले

महेन्द्रनगर । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ । भीमदत्त नगरपालिका–११, १२ र

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

टीकापुर । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा

आजको प्रमुख समाचार