सरकारको वर्खास्तीको लागि आन्दोलन: जनमोर्चा महासचिव

१३ कार्तिक २०६९, सोमबार २३:४३ मा प्रकाशित

रुपन्देही १३ कार्तिक । दशैं पूर्णिमाकै अवसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अर्घाको रानीगैरामा आयोजना गरेको आमसभा तथा साँस्कृतिक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपालीले सरकारको वर्खास्तीको लागि आन्दोलनको कुनै विकल्प नभएको बताएका छन् । वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको बताउँदै सरकारको वर्खास्तीको लागि तत्काल आन्दोलनमा जाने बताए । नेपालीले माओवादीको बोली र व्यवहारमा एकरुपता नभएको बताउँदै पूर्ण बजेट पारित गरी सरकारको आयु लम्ब्याउनका लागि मात्रै माओवादी अध्यक्ष प्रचण्डले सहमतिको नाटक रचेको बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष मनोज भट्टले नेपालमा संघीयताको कुनै औचित्य नभएको बताउँदै संघीयताले मुलुक टुक्राउन सक्ने चेतावनी दिए । माओवादीले विदेशी शक्ति केन्द्रको आडमा जातिवादी र मधेशी दलहरुको बुई चढी देशमा जाति जातिको बीचमा झगडा सृजना गरेको उनको भनाइ छ ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षता र सचिव थम्मन केसीको संचालनमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सागर के।सी। अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष नरेन्द्रबहादुर थापा अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कमल खनाल अनेरास्ववियु छैठौंका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष शकुन्तला राना लगायतले मन्तव्य राख्दै राष्ट्रिय स्वाधिनताको पक्षमा आवाज उठाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

कञ्चनपुर । भीमदत्त नगरपालिका– ९ खल्लाका उत्तमप्रसाद पन्त परिवारसहित छिमेकीको घरमा आश्रय लिएर बस्नुभएको छ । बाढीले बेसहारा बनाएकाले छिमेकीको

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाएका