दक्षिण कोरियामा रहेका नेपालीले बडा दशैं उल्लासका साथ मनाए

१३ कार्तिक २०६९, सोमबार २३:३३ मा प्रकाशित

लिलु डुम्रे, दक्षिण कोरिया – दक्षिण कोरियामा रहेका नेपालीहरुले विजया दशमीलाई एक कार्यक्रमका विच रमाईलो गरि मनाएका छन्। आइतवार फेन्थेक स्थित माईग्रेन्ट सेन्टरमा नेपाल योङ्ग स्टार ग्रुप तथा फेन्थेक माईग्रेन्ट सेन्टर नेपाली समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपालीहरुले दशै भव्यताका साथ मनाएका छन्।

दक्षिण कोरियाको विभिन्न ठाउँबाट जम्मा भएका नेपालीहरुलाई कार्यक्रमका प्रमुख अतिथी दक्षिण कोरियाका लागि नेपाली राजदुत कमान सिंह लामाले टिका लगाइदिनुभएको थियो। कार्यक्रममा वोल्दै राजदुत लामाले हामीलाई हाम्रो पर्वको गौरब रहेको बताउदै संस्कार जीवन पद्दति भएको बताउनु भयो। गैर आवासीय नेपालीका केन्द्रिय महासचिव तेन्जिङ शेर्पाले कोरियामा सन् १९८८ देखि दशैं मनाउन थालेको स्मरण गर्नु भयो।

कार्यक्रममामा सउल पुलिस हेडक्वाटरका विदेशी विभागका सल्लाहकार गंगा राई, नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन के.सी., नेपाल पत्रकार महासंघ कोरिया शाखाका सचिव अशोक मैनाली, गैर आवासीय नेपाल कोरिया शाखाका कि कोषाध्यक्ष सिर्जना नेपाली लगायतले शुभकामना मंतन्ब्य दिनुभएको थियो।

कार्यक्रममा उपस्थितहरुले एक आपसमा शुभकामना आदान प्रदान गरि रमाईलो गरेका थिए। औपचारिक कार्यक्रम भन्दा अघि भएको सांगितीक कार्यक्रममा नृत्य, गीत तथा हा व्यङ्ग्य मार्फत सहभागिले मनोरञ्जन लिएका थिए। कार्यक्रमको अन्त्य तिर इपिएस छिन्ङ्ग” वाट परिचित अरुण श्रेष्ठले प्रस्तुत गरेको कोरियन गायक साइको विश्व प्रख्यात गीत गाङ्गनाम स्टाइलमा सबैले भरपुर आनन्द लिए।
कार्यक्रम फेन्थेक माईग्रेन्ट सेन्टर नेपाली समितिका अध्यक्ष यादव खनालको अध्यक्षतामा भएको थियो भने स्वागत मन्त्यव्य नेपाल योङ्ग :टार ग्रुपका अध्यक्ष यम श्रेष्ठले दिनुभएको थियो। दशै कार्यक्रमलाई मनोरञ्नात्मक उद्घोषण इश्वरी दाहालले गर्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर