अमेरिकाको पूर्वी क्षेत्रका राज्यहरुमा डर लाग्दो आँधी, नेपाली समुदाय सुरक्षित

१३ कार्तिक २०६९, सोमबार २१:४३ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका, १३ कात्तिक । अमेरिकाको पूर्वी क्षेत्रमा दशकौ पछी आएको सैंडी नामक डर लाग्दो आँधीले यस क्षेत्रको जनजीवन अस्त ब्यस्त पारेको छ । अमेरिकी सरकारले सैंडी नामक यो डर लाग्दो आँधी र तूफानबाट बच्न आवश्यक तयारी गरेको दावी गरेको छ । अमेरिकी सरकारले यस क्षत्रेमा आपतकाल घोषणा गरि नागरिकहरुलाई घर बाट बाहिर ननिस्कन चेतावनी दिएको छ । न्युयोर्क यतिबेला आँधी र तूफानको प्रत्यक्ष मारमा परेको छ । सम्भावित दुर्घटनाको आसंकाले जनजीवन त्रस्त छ । राष्ट्रपति बराक ओबामाले न्युयोर्क लगायतको क्षेत्र लाई आपतकालीन क्षेत्र घोषणा गर्नु भएको छ । यो समाचार तयार पर्दा सम्म कुनै अप्रिय क्षति भएकोखबर छैन । अनुमान गरिए अनुसार यस क्षेत्रका ५ करोड मानिस यो डर लाग्दो आँधी र तूफानको मारमा पर्नेछन । सैंडी नामक यो डर लाग्दो आँधी र तूफान न्युयोर्क हुदैं वाशिंगटन, बोस्टन, भर्जिनिया, मेरिल्याण्ड तर्फ बढी रहेको छ । यस क्षेत्रमा डर लाग्दो आँधी र तूफान संगै भारी वर्षा समेत सुरु भएको छ । राष्ट्रपति बराक ओबामाले न्युयोर्क, कोलम्बिया, मेसचुय्ट्स, न्युजर्शी लगायतको क्षेत्रलाई आपतकालीन क्षेत्र घोषणा गर्दै समुन्द्र नजिक रहेका बासिन्दालाई त्यस क्षेत्रबाट हटाउन र सुरक्षाको उपाय अपनाउन गवर्नर र सुरक्षा निकायलाई आदेश दिनु भएको छ । डर लाग्दो आँधी र तूफानको कारण पूर्वोत्तर क्षेत्रको ६००० भन्दा बढी हवाई उडान रद्द गरिएको छ भने न्युयोर्क शहरको ३,७०,००० बासिन्दालाई शुरक्षित क्षेत्रमा सारिएको छ । अनुमान गरिए अनुसारनै डर लाग्दो आँधी र तूफानको पहिलो धक्का न्युयोर्क शहरलाई परेको छ । न्युयोर्कको यातायात पूर्ण रुपले ठप्प पारिएको छ । यस क्षेत्रमा अहिले सम्म कुनै अप्रिय घटना र मानबिय क्षति नभएको र यस क्षेत्रमा बस्ने नेपाली समुदाय पूर्ण रुपले सुरक्षित रहेका छन् । हामीले नेपली समुदायको अवस्था जान्ने जमर्को स्वरूप बोस्टमा आनन्द बिष्ट, बाल्टिमोरमा श्याम कार्की, अमर छन्त्याल, प्रेम राजा महत न्युयोर्कमा तारा निरौला र मिर्दुला कोइराला, भर्जिनियामा राजेन्द्र खनाल र दधि ढुंगानासंग टेलिफोन सम्पर्क गरेका थियौ र उहाँहरुका अनुसार यस क्षेत्रका नेपाली समुदाय पूर्ण रुपले सुरक्षित रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्नेगरी पुनः स्थापना कार्यक्रम

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

आजको प्रमुख समाचार