यसरी सम्पन्न भयो कांग्रेसको चियापान कार्यक्रम

१३ कार्तिक २०६९, सोमबार १९:३१ मा प्रकाशित

काठमाडौं, १३ कात्तिक । पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, विभिन्न दलका नेता, मजदुर, कर्मचारी, सुरक्षा निकाय, संवैधानिक निकाय, कुटनीतिक निकाय, कलाकार, पत्रकार, विद्यार्थीलगायतको उल्लेख्य सहभागितासहित नेपाली कांग्रेसको चियापान कार्यक्रम सोमबार सम्पन्न भएको छ । दशैंको शुभकामना आदानप्रदानका लागि आयोजना गरिएको चियापान समारोह सफलताका साथ सम्पन्न भएको कांग्रेसले जनाएको छ । २०३३ सालदेखि संस्थापक नेता वीपी कोइरालाले चलाउँदै आएको चियापान समारोहको परम्परालाई कांग्रेसले निरन्तरता दिँदै आएको छ ।
पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा कांग्रेसका
चियापनामा आएका पाहुँनालाई सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, नेता शेरबहादुर देउवालगायतका नेताहरुले स्वागत गरेका थिए । चियापनामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, स्वास्थ्य मन्त्री समेत रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, नेकपा (माले)का महासचिव सिपी मैनालीलगायतको उपस्थिति रहेको थियो । कांग्रेसले निमन्त्रणा पठाए पनि प्रधानमन्त्री बाबुराम भट्टराई भने अनुपस्थित रहे ।
आफ्नो पहिलो चियापान कार्यक्रम भएकाले पनि होला पार्टी सभापति सुशील कोइराला कार्यक्रम अवधिभर सकृय भएर निम्तालुको स्वागत, सत्कारमा व्यस्त देखिए । निम्ता पाएका र चियापान छ भन्ने खबर पाएकाहरु पनि कांग्रेस पार्टी कार्यलयको रमझममा सामेल भए । केही भीडभाड र भद्रगोल भएपनि कांग्रेसको चियापान अघिल्ला वर्षहरुमा भन्दा केही व्यवस्थित देखिन्थ्यो । तर सबै निम्तालुलाई एकैपटक निम्ता दिएकाले को आए, को आएनन्, आएकाले खाए खाएनन् भन्ने कुरा चाहिँ नेताहरुले ठम्याउन सकेनन् ।
यसपटक कांग्रेसको चियापानमा दुईवटा नयाँ अनुहारमा धेरैको ध्यान केन्द्रित भयो । कांग्रेसका पुराना नेता योगप्रसाद उपाध्याय र पूर्व सभामुख तारानाथ रानाभाट । उपाध्याय यसअघि कुनै पनि सार्वजनिक कार्यक्रममा देखिँदैनथिए । कांग्रेसमा अहिले उनी कुनै पदमा पनि छैनन् । तर सुशील कोइराला, रामचन्द्र पौडेलकै हारमा उभिएर उनले दिनभर निम्तालुहरुको स्वागत गरे । उपाध्याय २०४७ सालको अन्तरिम सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री थिए ।
पहिलेका वर्षहरुमा निकै अव्यवस्थित देखिने कांग्रेसको चियापान यसपटक तुलानात्मक रुपमा व्यवस्थित थियो । स्वयंसेवकले व्यवस्थित गर्ने प्रयास गरेका थिए । तर सबैलाई एकैपटक निम्ता गरिएको हुनाले शीर्ष नेताहरुले स्वागत मात्र गरे । खाए नखाएको ध्यान दिने मेसो पाएनन् ।
प्रचण्ड, झलनाथ खनाल लगायतका केही नेताहरुसँग कांग्रेस नेताहरुले भलाकुसारी त गरे । तर सबैसँग यसरी भलाकुसारी गर्न पाएनन् । सबै आफ्नो सुरले गए, फर्किए । प्रचण्ड भन्दा खनाल पहिले पुगे । उनी हिँडेको ४५ मिनेटपछि प्रचण्ड देखिएका थिए भने खनालसित त्यति भलाकुसारी नगरेका कोइरालाले प्रचण्डसँग निकैबेर नै कुरा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

आजको प्रमुख समाचार