गाविस सचिवद्वारा आधा करोड झ्वाम

१३ कार्तिक २०६९, सोमबार १९:२८ मा प्रकाशित

काठमाडौं, १३ कात्तिक । सर्लाही जिल्लाको बलरा गाविसका सचिव महेश्वर पाण्डेमाथि स्थानीयवासीले ४८ लाख हिनामिना गरेको आरोप लगाएका छन् । स्थानीय केही राजनीतिक दलका नेताहरूको मिलेमतोमा एक लाख रुपैयाँको काममा १० लाखसम्म खर्च भएको सचिव पाण्डेले जनाउँदा स्थानीय जनता आक्रोशित भएका छन् । गाविसको विकास निर्माण बजेटबाट सचिव पाण्डेले त्यसत ठूलो रकम भ्रष्टाचार गरेको भन्दै उनीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन र कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।
आव २०६८र६९ तथा चालू आवको असोज मसान्तसम्ममा रु ४८ लाखमध्ये रु १२ लाख खर्च गरिएको सार्वजनिक गरिएको छ भने रु ३६ लाख कुनै कार्य नगरी निकासा गरी खर्च गरिएको स्थानीयको भेलाले जनाएको छ । ग्रामीण सडक निर्माण, सडकमा माटो राख्ने, ग्राभेल गर्ने, नाला तथा कल्भर्ट बनाउन, सरसफाइ र खेलकुद सामग्री खरिद एवम् वितरणलगायतका कार्यमा भ्रष्टाचार भएको बताइएको छ । सचिवले खर्चसम्बन्धी सही विवरण पेस गर्न नमानेपछि स्थानीय जनताले कुटपिट गर्नेसमेत धम्की दिँदै सचिवमाथि कारबाही गर्न स्थानीय बलरा प्रहरी चौकी, जिल्ला प्रशासन कार्यालय सर्लाही तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । सचिव पाण्डेले आर्थिक अनियमितता गरेको सम्बन्धमा पटकपटक स्थानीय विकास अधिकारीलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको बलरावासीको गुनासो छ ।
सर्लाही जिल्लामा राजनीतिक दलका नेताहरूको संरक्षण तथा उपभोक्ता समितिको मिलेमतोमा रु ३० करोडभन्दा बढी भ्रष्टाचार भएको अनुमान रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार