विरोधको पर्वाह नगरी पूर्णबजेटको तयारीमा बाबुराम-सरकार

१३ कार्तिक २०६९, सोमबार १५:५७ मा प्रकाशित

काठमाडौं, १३ कात्तिक । पदबाट राजिनामा दिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि विपक्षी दलहरुबाट तिब्र दबाव परे पनि त्यसको पर्वाह नगरी तिहारअघि नै पूर्ण बजेट ल्याउने तयारीमा सरकार जुटेको बुझिएको छ । तीन महिनाअघि जारी भएको आंशिक बजेट यही कात्तिक मसान्तमा सकिने भएपछि सरकार यस्तो तयारीमा जुटेको हो । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ माओवादी र मधेसी मोर्चाको वैठकले तिहारअघि नै पूर्ण बजेट ल्याउने गरि तयारी थाल्ने निर्णय गरेको हो । दुई सातापछि मुलुक बजेटबिहीन हुने र दैनिक कार्यसंचालनसमेत प्रभावित हुने भन्दै सरकारले तिहारअघि नै पूर्ण बजेट ल्याउने निर्णय गरेको वैठकमा सहभागी एक नेताले जनाए । पूर्ण बजेटका लागि अन्य दलसँगसमेत छलफल गर्ने सरकारी गठवन्धनले निर्णय गरेको बताइएको छ । बिपक्षी दलहरुले भने कामचलाउ सरकार पूर्ण बजेट ल्याउन नसक्ने भएकाले सहमतिको नयाँ सरकार बनाउनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१