दशैँको मारमा तातोपानी भन्सार

१३ कार्तिक २०६९, सोमबार १५:३० मा प्रकाशित

काठमाडौं, १३ कात्तिक । तातोपानी भन्सार कार्यालयले दसैँ विदामा २० करोड राजस्व घाटा ब्यहोर्नुपरेको जनाएको छ । नेपाल–चीन व्यापारको उक्त एकमात्र व्यापारिक नाकामा दस दिनको दसैँ बिदाका क्रममा आयात निर्यात ब्यापार ठप्प भएपछि २० करोड राजस्व घाटा ब्यहोर्नुपरेको भन्सार प्रमुख निर्मलहरि अधिकारीले जानकारी दिएका छन् ।
अधिकारीका अनुसार भन्सार कार्यालयमा दैनिक २ करोड राजस्व संकलन हुँदै आएको छ । ५ हजार माथिका अधिकांश सामानको बैकिङ कागजात आवश्यक पर्ने र सीमाका सबै बैंकहरु बन्द भएकाले राजस्व संकलनमा गिरावट आएको हो । अब कात्तिक महिनामा राखिएको राजस्व संलकनको लक्ष्य पूरा गर्न कार्यालयलाई निकै गाह्रो हुने पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार