थुनुवा भागेपछि सुरक्षा गार्ड छानबिनको घेरामा

१३ कार्तिक २०६९, सोमबार १५:१३ मा प्रकाशित

गाईघाट (उदयपुर), १३ कात्तिक । जिल्ला वन कार्यालय उदयपुरबाट फूलपातीको रात दुई थुनुवा फरार भएपछि त्यस बखत सुरक्षार्थ खटिएका सुरक्षा गार्डहरुमाथि छानविन थालिएको राससले जनाएको छ। दसैँको समय परेको र कार्यालय प्रमुखसमेत दसैँ मनाउन घर गएका कारण थुनुवाहरु भागेको विषयमा छानविन हुन सकेको थिएन। तर अब यसको छानविन कार्यलाई अगाडि बढाउन आफूहरुले कदम चालेको जिल्ला वन कार्यालय लेखा फाँट प्रमुख कुमार खड्काले बताए।
जिल्ला अदालत उदयपुरबाट म्याद थप गरेर वन मुद्दा चलाइएका दुई थुनुवा त्रियुगा नगरपालिका-३ बस्ने सुकदेव चौधरी र जोगीदह गाविस-५ बस्ने दीपक अधिकारी फूलपातीको साँझ लोडसेडिङ्को मौका छोपेर गार्डहरुलाई छल्दै भागेका थिए।
वन कार्यालयका प्रमुख विश्वमणि आचार्य लामो समयदेखि तालिममा रहेका कारण सहायक चन्द्रमान डङ्गोलले दैनिक कामकाज हेर्दे आएका थिए। दसैंको बिदामा डङ्गोलसमेत काठमाडौँ गएका थिए। वनका सबर जम्दारहरु लेखबहादुर मगर, टीकाराम ठकुरी, चन्द्रमान तामाङलगायतले थुनुवाको सुरक्षा गर्दै आएको शाखा अधिकृत खड्काले बताए।
यता भागेका थुनुवाहरुले भने टेलिफोनबाट सम्पर्क गर्ने गरेको र आफूहरु फर्केर आउने बताएको खड्काको भनाइ छ। स्मरण रहोस्, केही दिनअघि जिल्ला वन कार्यालयका कर्मचारीहरुले सात स्थानीय व्यक्तिलाई जङ्गलमा काठ काट्दै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी