संसदको रुपमा संविधानसभा ब्युँताउन पूर्वप्रधानन्यायाधीशहरुको सुझाव

१३ कार्तिक २०६९, सोमबार १४:४६ मा प्रकाशित

काठमाडौं, १३ कात्तिक ।  संवैधानिक संकटमोचनका लागि प्रधानमन्त्रीले सुझाव मागेपछि पूर्वप्रधानन्यायाधीशहरूले छोटो अवधि संसद हैसियतमा मात्र संविधानसभा ब्युँताएर संविधान संशोधन गरी चुनावमा जान सुझाव दिएका छन् । यस्तो सुझाव दिने पूर्वप्रधानन्यायाधीशहरुमा त्रिलोकप्रताप राणा, ओमभक्त श्रेष्ठ, केशवप्रसाद उपाध्याय, हरिप्रसाद शर्मा, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठ छन् । राष्ट्रपतिको बाधाअड्काउ फुकाउ अधिकारको धारा टेकेर संविधानसभा पुनर्स्थापना गर्न सकिने उनीहरुको राय छ।   संविधानसभालाई व्यवस्थापिका संसदको काम गर्ने गरी नयाँ चुनावमा जान आवश्यक संविधान संशोधन गर्न बढीमा तीन महिनाका लागि संविधानसभा पुनर्स्थापना गर्नुपर्ने सुझाव दिइएको पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जानकारी दिए । अहिलेको गतिरोध संवैधानिक र कानुनीभन्दा पनि राजनीतिक सहमतिका आधारमा हट्ने पूर्वप्रधानन्यायाधीशहरुको ठहर छ । ‘संविधानसभा पुनर्स्थापनाको प्रश्न संवैधानिक र कानुनीभन्दा बढी राजनीतिक भएकाले अहिलेको गतिरोध हटाउन राजनीतिक सहमति निर्णायक हुने भएकोले सर्वसम्मत रुपमा निर्णय गरी संवैधानिक बाधाअड्काउ फुकाउन अन्तरिम संविधानमा आवश्यक संशोधन गर्ने प्रयोजनका लागि मात्र विघटित संविधानसभालाई व्यवस्थापिका संसदको हैसियतमा मात्र पुनर्स्थापना गर्नु उपयुक्त हुन्छ’, पूर्वप्रधानन्यायाधीशहरुलाई उद्धृत गर्दै महान्याधिवक्ता मुक्ति प्रधानले बताए । अहिलेको संवैधानिक शून्यताका बीच निर्वाचनको बाटो खोल्न पुनर्स्थापना गरे पनि त्यसैबाट संविधान जारी गर्नु भने कुनै हालतमा नहुनेमा पूर्वप्रधानन्यायाधीशहरुको जोड रहेको छ। भेटमा सहभागी सबै पूर्वप्रधानन्यायाधीशको राय संविधान पुनर्स्थापित संविधानसभाबाट जारी हुन नहुने रहे पनि ओमभक्त श्रेष्ठले भने राजनीतिक सहमतिका आधारमा संविधान नै जारी गर्नसमेत सकिने राय दिएका थिए। राष्ट्रपतिबाट बाधाअड्काउ फुकाउको आदेश संविधान कार्यान्वयनमा कुनै बाधा परेमात्रै प्रयोग गर्न सकिने भएकाले त्यसमै टेकेर संविधान संशोधन हुन नसक्नेमा उनीहरुको जोड रहेको श्रेष्ठले जनाए।

प्रतिक्रिया
सम्बन्धित खवर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

आजको प्रमुख समाचार