एमाओवादीमा नयाँ कार्यबिभाजन

१३ कार्तिक २०६९, सोमबार ०९:५४ मा प्रकाशित

काठमाडौं, १३ कात्तिक । पार्टीलाई व्यवस्थित र उत्पादनशील बनाउने भन्दै एमाओवादीले नयाँ कार्यविभाजन गरेको छ । नयाँ कार्यविभाजनअनुसार अध्यक्ष दाहालले सामूहिक व्यवस्थापन तथा उत्पादन विभाग सम्हाल्नेछन् भने उपाध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा विकास योजना तथा अर्थ विभाग र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा अनुशासन विभाग गठन गरिएको छा । अध्यक्ष पुष्पकमल दाहालनिवास लाजिम्पाटमा आइतबार बसेको एमाओवादी पदाधिकारी बैठकले नयाँ कार्यविभाजन गरेको हो ।

पदाधिकारी बैठकले महाधिवेशनको कार्यविधि भने टुंग्याउन नसकेको बुझिएको छ । अध्यक्ष दाहाल, उपाध्यक्ष भट्टराई र श्रेष्ठबीच कुरा मिल्न नसकेपछि कार्यविधिलाई अन्तिम रूप दिन एमाओवादीले मंसिर ६ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । महाधिवेशनअघि जिल्ला समिति, राज्य समिति, जनवर्गीय संगठनलगायत सबै तहमा नेतृत्व हेरफेर नगर्ने गरी कार्यविधि बनाउने एमाओवादीको तयारी रहेको बताइन्छ ।
कृष्णबहादुर महरा प्रमुख रहेको संगठन विभागले सबै समिति सानो बनाउने र सबै समितिको सम्मेलनबाट नेतृत्व परिवर्तन गर्नेगरी कार्यविधि प्रस्ताव गरेकोमा उपाध्यक्ष भट्टराई र श्रेष्ठले असहमति जनाएपछि नेतृत्व चयन र राज्य समिति सम्मेलन स्थगन हुने भएको छ । महाधिवेशन कार्यविधिको अन्तिम स्वरूप भने महाधिवेशन आयोजक समितिले तय गर्नेछ ।
आइतबारको पदाधिकारी बैठकले शनिबार कांग्रेस र एमालेका शीर्ष नेताहरूलाई दिएको लिखित प्रस्तावका आधारमा सहमतिका लागि पहल गर्ने निर्णयसमेत गरेको छ । दाहालले कांग्रेस र एमालेलाई संविधानसभा पुनस्स्थापना भए कांग्रेस नेतृत्वमा चुनावी सरकार गठन गर्ने अन्यथा वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरूप दिएर संविधानसभाको नयाँ निर्वाचनमा जाने प्रस्ताव लिखित रूपमा अघि सारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार