‘सैंडी’ तुफानको खतराका कारण न्युयोर्क ‘ठप्प’

१३ कार्तिक २०६९, सोमबार ०९:२३ मा प्रकाशित

न्युयोर्क, १३ कात्तिक । क्यारिबियाई क्षेत्रमा उत्पात मच्चाएर चक्रवाती तूफान ‘सैंडी’ सयौं माइलको रफ्तारका साथ अमेरिकाको उत्तरपूर्वी क्षेत्रतिर बढिरहेको छ । सोमबारको रातीसम्ममा सो क्षेत्रमा पुग्ने अनुमान गरिएको सैंडीबाट पुग्नसक्ने क्षतिबाट बच्ने उपाय अवलम्वन गर्न थालिएको छ । यसबाट मुलुकका १२ राज्यका करिब ६ लाख मानिस नराम्रोसँग प्रभावित हुने आशंका गरिएको छ ।
न्यूयोर्क प्रशासनले आइतबार साँझदेखि नै शहरमा सार्वजनिक यातायात बन्द गर्न आदेश जारी गरेको छ भने स्कूलहरु प्नि बन्द गरिएका छन् । राज्यका गभर्नर एन्ड्रयु क्युमोक अनुसार मेट्रो, बस तथा ट्रेन सेवा रद्द रहनेछ । यसैबीच राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बाराक ओबामा ओहायोमा आफ्नो चुनाव प्रचार कार्यक्रम छोडेर स्थितिको निगरानी गर्नका लागि वाशिङटन फर्किंदै छन् ।
न्युयोर्क शहरमा कम्तीमा तीन लाख पचहत्तर हजार नागरिकहरुलाई तल्लो इलाकाबाट हटाएर दोस्रो स्थानमा पुरयाइएको छ भने डेलावेयरले तटीय क्षेत्रका ५० हजार मानिसलाई स्थानान्तरण गरिसकेको छ । तुफानले पहिले क्यारिबियाई क्षेत्रमा व्यापक क्षति पुरयाईसकेकोथियो । न्युजर्सी प्रशासनले आवश्यक सामानको जोडजाम गर्न मानिसहरुसँग अपिल गरेको छ, किनकि मानिसले केही दिनसम्म घरभित्रै बस्नुपर्ने अवस्था आइपर्न सक्ने सम्भावना व्यक्त गरिएको छ ।
मैसमविद्हरुले यसपटकको चक्रवाती तूफान ऐतिहासिक हुनसक्ने घोषणा गरेकाले अमेरिकाका पूर्वी तटस्थित कतिपय राज्यले आपतकाल घोषणा गरेका छन् । न्युयोर्कमा भारी सैलाव आउन सक्ने बताइएको छ भने ओहायोमा व्यापक बर्फ वर्ष हुन सक्नेछ । यसको असर बिजुली आपूर्तिमा पर्न सक्ने छ ।
बताइएअनुसार एक सय बीस किमि प्रतिघण्टा हावाको बेग रहने तुफानले जनजीवनलाई तहसनहस पार्न सक्ने छ भने मध्य एटलान्टिक क्षेत्रमा तेज सैलाव आउन सक्नेछ ।
प्रशासनले ७५ सरकारी शिविरहरुको व्यवस्था गरेको छ भने मानिसहरुलाई घरबाट बाहिर ननिस्कन अपिल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको