रोयल क्यासिनोबाट नेपाली जुवाडे पक्राउ

१३ कार्तिक २०६९, सोमबार ०८:३७ मा प्रकाशित

काठमाडौं, १३ कात्तिक । कानूनतः नेपालीलाई प्रवेश निषेध रहेको क्यासिनो (जुवा घर)मा छापा मार्ने कार्यलाई नेपाल प्रहरीले विशेष रुपमा अघिबढाएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यसैक्रममा दरवारमार्गस्थित रोयल क्यासिनोमा गैरकानूनी रुपमा जुवा खेल्ने १० जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त क्यासिनोमा छामा मार्दा जुवा खेलिरहेका उनीहरुलाई रोयल क्यासिनो लेखिएको १ हजारको क्वाइन १८ थान, १ सय लेखिएको क्वाइन १७ थान र नगद २१ हजार ८ सय ९३ रुपैया सहित पक्राउ गरेको थियो ।
यसैबीच चपली भद्रकाली–६ स्थित बुद्ध आश्रमअगाडी चौरमा आइतबार बिहान घाइते अवस्थामा फेला परेका अन्दाजी ३० बर्षीय अपरिचित पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको प्रहरीले जनाएको छ भने रातको समयमा सवारी साधनले ठक्कर दिएर घाइते बनाएपछि बेहोस अवस्थामा फेला परेका सप्तरी मधुपट्टि–७ का ४० बर्षीय रेशमलाल चौधरीको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी रुपन्देही देवदह मलुहिचोकस्थित महेन्द्र राजमार्गमा लु.१३प ७९० नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार नवलपरासी गोपीगैज बस्ने २८ बर्षीया अनुपा चौधरीको मृत्यु भएको छ । गुडिरहेको मोटरसाइकललाई भैंसीले हान्दा भएको दुर्घटनामा मोटरसाइकलमा रहेका उनी समेतका ३ जना घाइतेलाई उपचारको लागि मेडिकल कलेज भुलहीमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

कञ्चनपुर । भीमदत्त नगरपालिका– ९ खल्लाका उत्तमप्रसाद पन्त परिवारसहित छिमेकीको घरमा आश्रय लिएर बस्नुभएको छ । बाढीले बेसहारा बनाएकाले छिमेकीको

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाएका

कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले